लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण : सिटौला
नेपालबहस संवाददाता
कात्तिक २१, २०७९ सोमबार २२:२७:२६
२१ कात्तिक, झापा । नेपाली कांग्रेसका नेता तथा झापा-३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
आगामी निर्वाचनमा पत्रकारहरूले पनि लोकतन्त्रका लागि लडेका उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताएका सिटौलाले ४ मंसिरको निर्वाचनपछि दिगो विकाससहितको गतिमा देश अघि बढ्ने दाबी गरे। झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिटौलाले सबै लोकतन्त्रवादी मिलेर बलिदानबाट प्राप्त गणतन्त्रलाई रक्षा गर्नुपर्नेमा जोड दिए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थाका विकास पाँच वर्षमा गर्न सकेनौँ, संविधानले जे जति अधिकार सबै क्षेत्रको जनतालाई दिएको छ, त्योअनुसार सरकारले काम गर्न सकेन,’ उनले भने, ‘जनताले अपेक्षा गरेअनुसार शिक्षा, स्वास्थ्य ऐन आउन नसक्नु, किसान, श्रमिकहरूको लागि विशेष ऐन आउन नसक्नु सरकारको कमजोरी भयो ।’
शान्ति प्रक्रिया, संविधान निर्माण, २०४६ देखिका सबै आन्दोनमा आफूले महत्त्वपूर्ण भूमिका खेल्दा खेल्दै आए पनि अघिल्लो निर्वाचनमा राजावादीसँग हार्नु परेकोमा उनले खिन्नता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार