नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?
नेपालबहस संवाददाता
कात्तिक २१, २०७९ सोमबार २३:५६:२७
२१ कात्तिक, काठमाडौं । नौ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेका हुन् ।
आज बिहानसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांशको प्रस्ताव गरेका हुन् ।
नौ वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश बैंक अफ काठमाण्डूको छ । बैंकले शेयरधनीलाई कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी सबैभन्दा कम सिटिजन्स बैंकले नौ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
कुन बैंकको कति ?
गत आवको मुनाफाबाट एभरेष्ट बैंक लिमिटेडले शेयरधनीलाई २० दशमलव ६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र सात दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने ग्लोबल आइएमई बैंकले तीन प्रतिशत बोनस शेयर र १० दशमलव छ प्रतिशत नगद शेयर गरी कुल १३ दशमलव छ प्रतिशत प्रस्ताव गरेको छ ।
यस्तैगरी, सानिमा बैंकले १० प्रतिशत बोनस र शुन्य दशमलव ९८ प्रतिशत नगद शेयर गरी शेयरधनीलाई १० दशमलव ९८ प्रतिशत, एनसीसी बैंकले तीन दशमलव ३६ प्रतिशत बोनस र सात दशमलव ६३ प्रतिशत नगद गरी ११ प्रतिशत र बैंक अफ काठमाण्डूले छ प्रतिशत बोनस शेयर र १४ दशमलव ९५ प्रतिशत नगद शेयर गरी कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश घोषणा गरेका नौ वाणिज्य बैंकमध्ये एनसिसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने
मंसिर २, २०८१ आइतबार
शीतलहरसहित लागेको बाक्लो हुस्सु
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन हुने स्थानीय तहमा उम्मेदवारको मनोनयन सुरु, आजै सूची प्रकाशन हुने
मंसिर २, २०८१ आइतबार
४२ लाखको लागुऔषधसहित एक युवक पक्राउ
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार