माथिबाट खसेको ढुङ्गा लागेर बझाङमा वडा सदस्य गम्भीर घाइते, सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज उद्धार
नेपालबहस संवाददाता
कात्तिक २१, २०७९ मंगलबार ०:३३:१५
◊ शिवजी मण्डेल
२१ कात्तिक, बझाङ । बझाङमा एकजना महिला वडा सदस्य माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी छन् । जिल्लाको साइपाल गाउँपालिका-३ कायाँ कि वडा सदस्य अन्दाजी ३२,३३ वर्षीया डिकी गुरुङ माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी हुन्।
गुरुङको टाउकोमा गहिरो चोट लागेको हुँदा जिल्लामा उपचार सम्भव नभएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आएको र उपचारका लागि हेलिकप्टर मार्फत नेपालगन्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालयल बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
आइतबार गाउँ नजिकैको जालिकाँडा भन्ने जङ्गलमा दाउरा काट्ने क्रममा माथीबाट ढुङ्गा खस्दा गुरुङको टाउकोमा लागेको गाउँपालिका अध्यक्ष मान बहादुर बोहराले बताए ।
उनलाई घाइते भएलगत्तै काडाँ स्वास्थ्य केन्द्रमा लागिएको थियोे , त्यहाँ उपचार सम्भव नभएपछि आज सोमबार उनको हेलिकप्टरमार्फत नेपालगन्ज रेफर गरिएको हो । गुरुङको उपचारका लागि ५ लाख बराबरको रकम गाउँपालिकाले व्यहोर्ने पालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार