अबको राजनीतिः स्वतन्त्रहरुले के विषय उठाएर चुनौती दिँदैछन् ठूला दलका नेताहरुलाई ?
भेषराज पोखरेल
कात्तिक २२, २०७९ मंगलबार १८:१०:११
आगामी आमनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु जोडतोडका साथ प्रचारप्रसारमा जुटेका छन् । निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसहितको गठबन्धन र एमालेले राप्रपा र जसपासहितको गठबन्धन बनाएर चुनावमा होमिएका छन् । अहिले दलका उम्मेदवार भन्दा ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
ठूला दलहरु एक्लै जित्न नसक्ने देखेर पहिलेदेखि नै विचार र सिद्धान्त नमिल्ने दलसँग समेत गठबन्धन गरेर चुनावमा जाने तथा ठूलो संख्यामा स्वतन्त्र उठ्दा अबको राजनीतिको बाटो कता जाने होला ? लामो समय सत्ता र त्यस वरिपरि रहेर अहिलेसम्मको राजनीतिलाई आफ्नो हातमा खेलाइरहेका दलहरुले धेरैजसो उनै पुराना नेतालाई दोहोर्याएका छन् भने केही संख्यामा नयाँलाई उठाएका छन् । ती दलका चुनावी घोषणापत्रमा लगभग उनै पुराना विषय छन् । शैली उही छ, नेतृत्व पनि उही हुने अवस्था देखिन्छ । यिनै नेताविरुद्ध ठूलो संख्यामा निर्वाचनमा प्रतिस्पर्धा गर्न कस्सिएका स्वतन्त्र उम्मेदवारुले के कस्ता विषय उठाएका होलान् ? यो अहिलेको अत्यन्तै चासो विषय हो ।
आगामी मंसिर ४ मा हुने निर्वाचनमा १ हजार ९ सय ५७ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये ८ सय ६७ जना प्रतिनिधिसभा र १ हजार ९० जना प्रदेशसभामा स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । अघिल्लो आमनिवाचनमा भने १ हजार ३ सय १७ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा खडा भएका थिए । उसबेला पार्टी नेतृत्वविरुद्ध स्वतन्त्र उम्मेदवारी दिए पनि एकजनाले मात्रै प्रतिनिधिसभामा जीत हासिल गरेका थिए । हुम्लाका छक्कबहादुर लामाले जितेर प्रतिनिधिसभा सदस्य बन्न सफल भएका थिए । अरु सबै उम्मेदवारले दोस्रो स्थानको मत पनि ल्याउन सकेनन् ।
०७४ को निर्वाचनमा स्वतन्त्रले जित निकाल्न नसकेपनि गत स्थानीय निर्वाचनमा स्वतन्त्रहरुले राम्रो मत पाएकाले आगामी आमनिर्वाचनका लागि स्वतन्त्रहरु उत्साहित भएको देखिन्छ । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा ३ सय ८५ स्वतन्त्र उम्मेदवारले जीत हासिल गरेका थिए । काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकामा स्वतन्त्रले जीत हासिल गरेकाले पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा जनलहर आउने स्वतन्त्रको आंकलन छ ।
सर्सर्ती हेर्दा अहिले निर्वाचनमा खडा भएका उम्मेदवारहरु वास्तवमै कुनै पनि दलमा कहिल्यै पनि संलग्न नभएका भने छैनन् । धेरैजसो उम्मेदवार लामो समय दलमा आबद्ध रहेर काम गरेका छन् भने केही सामाजिक संघसंस्थासँग आबद्ध भएर जनताबीचमा गएर कुनै कार्यक्रम चलाएकाहरु छन् । कतिपय आगामी निर्वाचनमा दलबाट टिकट पाउन नसकेर स्वतन्त्र रुपमा उठेका छन् भने कतिपय केही वर्ष पहिले देखि नै दलसँगको आबद्धता त्यागेर सामाजिक अभियानमा लागेकाहरु पनि छन् ।
जे होस् यी सबै राजनीतिक रुपमा सचेत व्यक्तिहरु नै हुन् । यिनीहरु शिक्षित पनि छन् । पछिल्लो समयमा लौरो अभियानको नाम दिएर स्वतन्त्रहरुलाई समेट्न खोजिएको पनि देखिएको छ । अधिकांश स्वतन्त्र उम्मेदवारहरुले के कस्ता विषय उठाएर ठूला दलका नेताहरुविरुद्ध प्रतिस्पर्धा गर्दै होलान् ? यता हेरौं, कतिपय उम्मेदवारहरु वातावरण जस्ता क्षेत्रमा लामो समय अभियान चलाएका र वातावरण जोगाउने भन्ने सैद्धान्तिक मात्रै नभएर स्थानीय रुपमा ठूला राजनीतिक दलका नेता, कार्यकर्ता र ठेकेदारबीचको लेनदेनका कारण नदीहरुको अनियन्त्रित उत्खनन् रोक्न चालेको अभियान सफल बनाउने विषय उठाएर चुनावी मैदानमा छन् । कतिपय स्थानीय उम्मेदवारले आफ्नो क्षेत्रका सांस्कृतिक, भाषिक मुद्दा उठाएका छन् । कसैले जातीय मुद्दा पनि उठाएका छन् ।
कतिपय स्वतन्त्र उम्मेदवारले दलगत एकाधिकारको विरुद्ध आफ्नो उम्मेदवारी भनेका छन् भने कतिपयले पार्टी पद्धतिका विरुद्ध आफ्नो उम्मेदवारी नभएको पनि उल्लेख गरेका छन् । अधिकांश स्वतन्त्र उम्मेदवारले संघीयता खारेज गर्न अभियान चलाउने, धर्मनिरपेक्षतालाई खारेज गर्न पहल गर्ने कुरा आफ्ना प्रतिबद्धता पत्रमा उठाएका छन् । अर्को, प्रायः सबैले भ्रष्टाचारविरुद्धको आवाज भन्दै भ्रष्टाचार निर्मूल गर्न दह्रोसँग उभिने बताएका छन् ।
सर्सर्ती हेर्दा स्वतन्त्र उम्मेदवारहरुले संघीयता महँगो भयो देशले थेग्न सक्दैन, त्यसलाई खारेज गर्नुपर्छ, धर्मनिरपेक्षता विदेशीको एजेन्डा हो त्यसलाई हटाएर धर्मसापेक्ष घोषणा गर्नुपर्छ र दलहरुले भ्रष्टाचार बढाए, देशका सबै क्षेत्रमा भ्रष्टाचार बढ्यो, कमिशनका खेल बढाए, त्यसलाई रोक्नुपर्छ भन्ने विषय उठाएको देखिन्छ । उनीहरुको आंकलन के छ भने अधिकांश जनताले संघीयता मन पराएका छैनन्, धर्मनिरपेक्षता राम्रो मानेका छैनन्, तसर्थ यी मुद्दा उठाएर दलका उम्मेदवारलाई परास्त गर्न सकिन्छ भन्ने मानसिकतामा रहेको देखिन्छ । भ्रष्टाचार मुख्य विषय हो तर दलका उम्मेदवारले पनि उठाएका र स्वतन्त्रले कुनै नयाँ ढंगले उठाउन सकेको देखिन्न तर पनि यो विषयमाथि उनीहरुको विशेष भरोसा देखिन्छ । स्वतन्त्रहरुले उठाएका विशेष एजेन्डाभन्दा पनि व्यक्तित्वको प्रभाव पनि पर्न सक्ने आशा गरेको देखिन्छ । जनताले नयाँ अनुहार खोज्ने हुँदा व्यक्तित्व महत्वपूर्ण हुन सक्छ ।
दलहरु तथा व्यक्तिले उठाएका प्रतिबद्धता पूरा नभएकाले नै नेपालको विकास अधुरै रहेको हो । सुशासनको अभाव, भ्रष्टाचारको वृद्धि र नयाँ प्रविधि अनुसार विकास नभएको एवं परम्परागत सीप तथा प्रविधि पनि काम नलाग्ने अवस्थामा पुगेकाले जनताको जीवनस्तरमा परिवर्तन नआएको हो, बेराजगारी बढेको हो । दलहरुले एजेन्डा त राम्रै उठाएका छन् तर तिनलाई पूरा गर्न राजनीतिक संरचनामा परिवर्तन, नेताकै व्यवहारमा परिवर्तन, कर्मचारी संयन्त्रमा परिवर्तन कसैको पनि प्रतिबद्धको विषय रहेन । स्वतन्त्र उम्मेदवारको पनि यो विषय प्राथमिकतामा परेको देखिएन ।
नेपालको अत्यन्तै खतरनाक राजनीतिमा रहेको दलालीकरण हटाउन कसैले पनि प्रतिबद्धता जनाएको छैन । यस्तो अवस्थामा ठूलो संख्यामा दलका नेतालाई हराएर स्वतन्त्र उम्मेदवार संसद प्रवेश गर्न कठिनै छ । यी सबै अवस्थाले अबको चुनावपछि बन्ने संसद र सरकारले पनि आमूल परिवर्तनको बाटो लेलान् भन्ने आशा गर्न सकिने ठाउँ दिन्नन् । अर्को, स्वतन्त्रले संघीयताको खारेजीजस्ता विषय उठाएका र ठूला दल त्यसको विरुद्धमा भएकाले वैचारिक द्वन्द्व बाहेक कुनै परिणाम आउने छैन । केही दलहरुले संविधानविरोधी कतिपय विषयहरुसमेत उठाएकाले संसद र सरकार दुवै अझ दिशाहीन बन्ने त होइनन् भन्ने आशंका उब्जाएको छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपबीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
साढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
अमेरिकी डलरदेखि क्यानेडियन डलरसम्मको भाउ घट्यो
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार