स्याङ्जा अपडेटः एमालेका मरासिनीलाई दोस्रो पटक हराउने दाउमा कांग्रेसका थापा
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २३:२०:१३
♦प्रकाश डोटेल
२३ कात्तिक, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा २०७० सालको संविधानसभा निर्वाचनमा जस्तै एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई हराउने लक्ष्यमा छन् । २०७० र २०७४ मा थापा र मरासिनीले पालैपालो एकअर्कालाई हराएर संसद छिर्न सफल भएका थिए ।
२०५१ देखि एमालेको लालकिल्लाका रुपमा परिचित स्याङ्जा क्षेत्र नं. १ मा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा थापाले झण्डै २० वर्षपछि १२ सय मतान्तरले लालकिल्ला भत्काए । पहिलो भेटमै चुनाव हराएका थापा भने २०७४ को निर्वाचनमा दोस्रो भेटमा उनै मरासिनीसँग १० हजार बढी मतले पराजित बन्न पुगे ।
२०७४ मा देशभर बाम गठबन्धनको माहौल थियो, देशभर बनेको माहौल विपरित स्याङ्जा रहने कुरै भएन । अघिल्लो निर्वाचनमा मरासिनीका सारथी बनेका स्याङ्जा माओवादीका युवानेता शैलेन्द्र घिमिरे यसपटक थापाको सारथी बनेका छन् । माओवादी नेता घिमिरे पुष्पकमल दाहाल ‘प्रचण्ड’ अति निकट मानिन्छन् ।
यस क्षेत्रमा ३ स्वतन्त्रसहित १४ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदार दिएका छन् । मुख्य रुपमा कांग्रेसका थापा र एमालेका मरासिनीबीच नै चुनावी प्रतिस्पर्धा छ । माओवादी निकट झण्डै ४५ सय मतदाताले अघिल्लो निर्वाचनमा मरासिनीलाई सहयोग गरे पनि यस पटक राष्ट्रियस्तरमा बनेको बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार थापाका पक्षमा मत दिने माओवादीको दावी छ ।
२०३५ सालमा स्याङ्जा सदरमुकाम नजिकैको गुदीखोलामा जन्मेका थापाले ३५ वर्षकै उमेरमा मरासिनीलाई हराएर संविधान बनाउनेदेखि विकास निर्माणका गतिविधिलाई तिव्रता दिएको दावी गर्दै आएका छन् । निर्वाचनको प्रचारका क्रममा थापाले मरासिनी चुनाव जितेर संसद त छिरे तर अपेक्षाकृत काम गर्न नसकेको घाम जस्तै छर्लङ्ग रहेको जिकिर गर्दै आएका छन् ।
पहिलो जीतमै संविधान बाउन सफल र आफ्नो क्षेत्रमा विकासका कामले आमुल परिवर्तन ल्याउन योगदान गरेकोमा २०७४ को निर्वाचनपछि हारेपनि प्रत्येक मतदाताको सुखदुःखमा हातेमालो गरेको भन्दै थापाले तेस्रो भेटमा दोस्रो पटक जीत सुनिश्चित रहेको बताए । हारेपछि पनि थापा निरन्तर गाउँघरमा आएको बताउँदै स्थानीयले चुनाव जितेपछि मरासिनी संसदतिरै हराएको बताए ।
नेपाली कांग्रेसको गत महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धीलाई भित्तामै पु¥याउने राजनीति गरेको आरोप नलागेको होईन्, तर उक्त महाधिवेशनमा फरक धारबाट महाधिवेशन प्रतिनिधि हारेका बुद्धिबहादुर राना कुमार’लाई क्षेत्र १ को २ र माओवादीकी नेतृ अमृता थापालाई १ को १ मा प्रदेशसभाका लागि उम्मेदवारका रुपमा अंगालेका छन् ।
२०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलले स्याङ्जा क्षेत्र नं। १ का ५२ वटा वडामा ३९ हजार ४९४ मत प्राप्त गरेको थियो भने एमालेले ३६ हजार ८ सय ४५ मत प्राप्त गरेको थियो । पालिकाको निर्वाचनपछि केही युवा मतदाता थपिएका छन् ।
स्याङ्जा क्षेत्र नं। १ मा पुतलीबजार नगरपालिकाका १४ वटा, फेदीखोलाका ५, आँधीखोलाका ६, अर्जुनचौपारीका ६, बिरुवाका ८, हरिनाश गाउँपालिकाका ७ र वालिङका २ तथा भीरकोट नगरपालिकाका ४ वटा वडा रहेका छन् । वडा तहमा कांग्रेस निकटको नेतृत्व बाहुल्य रहेपनि अधिकांश पालिकाको नेतृत्व स्थानीय निर्वाचनपछि एमालेको हातमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार