पूजीबजार विस्तारको काम रोकिए प्रतिबाद गर्ने लगानीकर्ताको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार १३:४८:४८
२२ कात्तिक, काठमाडौं । पुँजीबजार बिस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ताहरूले चेतावनी दिएका छन् । नेपाल इन्भेष्टर्स फोरम, नेपाल पुँजी बजार लगानीकर्ता संघ, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल शेयरधनी संघ, नेपाल धितो पत्र लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, शेयर लगानीकर्ता दबाब समूह, लगानीकर्ता हित संरक्षण मञ्च र स्वतन्त्र पुँजी बजार सुधार संघले सोमबार संयुक्त एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको पुँजीबजारलाई सही नीति नियम, अत्याधुनिक प्रविधि, पूर्वाधार र कडा नियमनद्वारा व्यवस्थित गर्न हामी लगानीकर्तासँग भएको सहमति र हाम्रो माग बमोजिम नेपाल स्टक एक्सचेन्ज, नेपाल धितो पत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरूद्वारा चालिएका कदमहरूमा केही स्वार्थी समूहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आम नेपाली लगानीकर्ताहरूको तर्फबाट हामी सबै संघ संस्थाहरू फेरि सडकमा उत्रिने कुरामा सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहन्छौ ।’
नेपालको पुँजी बजारलाई आधुनिक हुनै नदिने र सीमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानुन विपरीत प्रवृत्तिले ४० खर्ब भन्दा बढी पुँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको उनीहरूको भनाई छ ।
‘पुँजी बजार जस्तो संवेदनशील क्षेत्रलाई खेलाँचीको रूपमा नलिई विगतमा भएका विभिन्न आन्दोलनमा राखिएका मागहरू तथा सुझावहरूका साथसाथै ५८ बुँदे सुझाव र १९ बुँदे सहमति तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न एवं कुनै बाधा विरोध सिर्जना नगरी आम सर्वसाधारण लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्नुका साथै लगानीको वातावरण तयार पार्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार