प्रभु बैंकले ५० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार १८:३५:५३
२२ कात्तिक, काठमाडौं । प्रभु बैंकका संस्थापक शेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी आवेदन पेस गर्नुपर्नेछ ।
शेयर खरिद गर्न इन्छुक संस्थापकले २२ कात्तिकबाट प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह
साउन १७, २०८१ बिहिबार
गरिव देशलाई गरिने सहयोगसम्बन्धी रणनीति तय गर्दै सकियो विश्व बैंक समूहको बैठक
असार ७, २०८१ शुक्रबार
विश्व बैंकको कन्ट्री डाइरेक्टरमा सिस्लेन नियुक्त
असार ५, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार