विभिन्न प्रस्ताव पारित गर्दै कुमारी बैंकको बाईसौं बार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २०:४५:७
२२ कात्तिक, काठमाडौं । कुमारी बैंक लिमिटेडको बाईसौं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभा बैंकको कार्यालय नक्साल,काठमाण्डौंमा संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको हो ।
सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७८–७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७८–७९ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०७९–८० को लागि वाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो भने बैंकका शेयरधनीहरुलाई कर प्रयोजन सहित चुक्ता पूँजीको १२.५०% (बाह्र दशमलव पाँच प्रतिशत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको बताइएको छ ।
१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटिएम मार्फत ग्राहकहरुलाई विविध प्रकारका नवीनतम् एवं आधुनिक उत्पादन र सेवा प्रदान गर्दै आएको कुमारी बैंकले वित्तीय बजारमा विशिष्ट स्थान बनाउन सफल भएको छ । बैंकको आ.व.२०७८–७९ मा चुक्ता पूँजी रु. १४ अर्व ७१ करोड भन्दा बढी रहेको छ भने आ.व.२०७९–८० को प्रथम त्रैमाससम्म निक्षेप रु.१ खर्व ७३ अर्व र कर्जा, सापटी तथा अधिविकर्ष रु.१ खर्व ६१ अर्व तथा नाफा रु. १ अर्ब १४ लाख रहेको छ ।
बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण शेयरधनी, संचार जगत, बैंकसंग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिले सम्म प्राप्त सहयोग, सदभाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरुलाई अझ छिटो, छरितो र सरल बैकिङ्ग सेवा दिने क्रम जारी रहने प्रतिबद्घता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार