आफनो उम्मेदवारी निस्क्रिय पार्दै कांग्रेसलाई समर्थन गर्ने पौडेल र पोखरेलको घोषणा
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २१:१४:१८
२२ कात्तिक, स्याङ्जा । स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मदेवारी दर्ता गराएका नेपाली कांग्रेस (वी.पी.) तर्फका उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफनो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गरेका छन्।
प्रजातान्त्रिक समाजवादको आर्दश र मूल्यमान्यताबाट मात्र मुलुकको सामाजिक तथा आर्थिक परिवर्तन हुन सम्भव भएको जनाउदै नेपाली कांग्रेसतर्फका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गर्ने प्रतिवद्धता जनाउदै उम्मेदवारी निस्क्रिय बनाएको जनाएका छन्।
पौडेलसंगै प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफनो उम्मेदवार निस्क्रिय पारेको जनाउदै थापा र रानालाई समर्थन गर्ने जनाएका छन्। पौडेल र पोखरेल दुबैले आइतवार छुट्टाछुट्टै प्रेस बिज्ञप्ति प्रकाशितगरी आ-आफना उम्मेदवारी निस्क्रिय बनाएको घोषणासंगै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन।
आँधीखोला गाउँपालिका निवारी प्रदीप पौडेल २०२५ सालदेखि नेपाल बिद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा आजसम्म क्रियाशिल छन्। उनी २०२९ सालमा पृथ्वीनारायण क्याम्पसमा भएको स्वीवियू निर्वाचनमा निर्वाचित हुने पहिलो सचिव भएका थिए भने पञ्चायतीकालमा निरंकुशता बिरुद्धको आन्दोलनमा पटक पटक यातना सहित शिक्षकबाट समेत निलम्बनका परे।
स्याङ्जा कांग्रेसका अग्रज नेता, बलियो शालिन नेतामा उनी गनिन्छन्। राजनीतिक परिवर्तनका बिभिन्न आन्दोलनमा कांग्रेसका तर्फबाट उनको सक्रिय भूमिका रहदै आएको छ।
यसैगरी, २०३७ सालदेखि नेपाल बिद्यार्थी संघगठनबाट राजनीतिमा लागेका पोखरेल निवृत्त राष्ट्रसेवक हुन। राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध भई प्रजातन्त्रको पक्षमा बकालत गर्न नेपाली कांग्रेबाट मात्र सम्भव भएको जनाउदै समानुपातिकतर्फमा सूचिकृत आफनो उम्मेदवारी निस्क्रिय बनाउदै कांग्रेसका पक्षमा उभिएको जनाए।
नेपाली कांग्रेस (वीपी) का उम्मेदवारले आफनो उम्मेदवारी निस्क्रिय बनाएसंगै अब स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ को एक पदका लागि नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पाटी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माओवादी समाजवादी, मंगोल नेशनल अर्गानाईजेशन, जनसमाजवादी पाटी नेपाल गरी ११ जना चुनावी प्रतिस्पर्धामा छन्।
यसअघि १५ जनाले उम्म्ेदवारी दर्ता गराएका थिए। ती मध्ये दुई स्वतन्त्र र नेकपा एकिकृत समाजवादीले तोकिएको समयमा उम्मेदवारी फिर्ता लिइसकेका छन भने नेपाली कांग्रेस (वीपी) अहिले निस्क्रिय बनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार