हामी चाँडै प्रधानमन्त्री तोक्छौँ, अब ओलीका दिन सकिएः प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २१:३५:७
२२ कात्तिक, काठमाडौं । चुनावी अभियानका क्रममा देश दौडामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनपछि अस्तित्वमा नै नआउने बताएका छन् । उनले चुनावपछि सरकारको नेतृत्व गर्न गठबन्धनले चाँडै प्रधानमन्त्रीको उम्मेदवार तोकिने पनि बताएका छन् ।
गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने बताउँदै सत्ता गठबन्धनको प्रधानमन्त्री को बन्ने भन्नेमा चाँडै टुंगो लगाउने बताए । लगत्तै उनी जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए ।
उनले जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीलाई चुनावपछि अस्तित्ववमा नै नआउने चेतावनी दिए । प्रचण्डले दुईतिहाइको सरकार बचाउन नसक्ने, संविधानमाथि घात गर्ने, संसद् विघटन गर्ने र पार्टी विघटन गरेर धुजाधुजा पार्ने ओली यो निर्वाचनबाट पत्तासाफ हुने बताए । उनले ओली राजनीतिमा असफल भइसकेको भन्दै जनताको अगाडि उनले पश्चाताप गर्नुपर्ने बताए ।
प्रचण्डले अब राजनीतिक स्थिरता र आर्थिक विकास आवश्यक रहेको भन्दै ७० वर्षसम्म लडेर ल्याएको संविधानलाई च्यात्ने दुस्साहस केपी ओलीले गरेको र संविधान मिचेर लोकतन्त्रका आधारभूत मूल्यमान्यता भत्काउने काम गरेकाले यो गठबन्धन बनेको बताए । अब नयाँ नेपाल निर्माण गर्ने अभिभारा पनि गठबन्धन दललाई नै भएको भन्दै उनले गठबन्धनको पक्षमा मत खसाल्न आग्रह गरे ।
मंसिर ४ गते दुई विचार, दुई प्रवृत्ति, दुई संस्कृति र दुई गठबन्धन आमनेसामने भएको बताउँदै उनले भने, ‘एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षा गर्न चाहने र अर्को संविधान तथा जनताले पाएको अधिकार उल्ट्याउन चाहने गठबन्धन छ । त्यसैले यो निर्वाचनमा सामान्य औपचारिक निर्वाचनको अभ्यास मात्रै छैन । जनताले जनताको अधिकारको रक्षा गर्ने कि यसलाई उल्ट्याउने भन्नेका बिचको लडाइँको रुपमा मंसिर ४ को निर्वाचन छ ।’
अर्को गठबन्धनलाई भोट दिनु भनेको निरंकुशता र अराजकताको भूमरीतर्फ जानु भएको भन्दै उनले देशलाई फेरि विघटन र प्रतिगमनतिर जान नदिन सचेत भएर वामलोकतान्त्रिक गठबन्धनको पक्षमा भोट खसाल्नसमेत आग्रह गरे । प्रचण्डले कर्णालीबाट प्रतिगमनकारी, निरंकुशतावादी र सामान्तवादीलाई शून्य बनाएर छाड्नुपर्नेमा जोड दिए ।
उनले कर्णालीको सडक पिचमात्रै होइन फराकिलो बनाउने, आर्थिक गतिविधि र व्यापार व्यवसायको विकासका निम्ति त्यो बाटो बनाउने प्रतिबद्धता जाहेर गरे । उनले पहिले बिरामी ओसारिन्थ्यो, अहिले डाक्टर उत्पादन गरेर देशभरिका बिरामीलाई उपचार गर्न पठाउन सक्ने भइसकेको बताए । कर्णालीको अर्गानिक उत्पादन देशभर चर्चामा भएको र गठबन्धनका पार्टीको ध्यान अहिले कर्णालीतिर बढी देखिएको उनको भनाइ थियो ।
उनले नेकपा माओवादीका प्रतिनिधिसभा उम्मेदवार गोमा कुावरलाई जिताएर पठाएमा फूलमन्त्री बनाउने सम्भावना रहेको समेत बताए । दाहालसागै मत माग्दै हिाडेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गर्दै कर्णाली दौडाहमा आफू रहेको बताए । उनले रुख, हँसिया–हथौडा र कलम चिह्नमा मत हाल्न दुविधा नमान्नसमेत आग्रह गरे ।
सल्यानमा भएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने तर प्रधानमन्त्री को बन्ने भन्नेमा टुंगो लगाउन बाँकी रहेको बताएका थिए । उनले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताए । केपी ओलीले जनताको त्याग‚ तपस्या र बलिदानबाट प्राप्त संविधान ध्वस्त बनाउन थालेकाले त्यसको रक्षा गर्न गठबन्धन गर्नुपरेको जानकारी दिए ।
राजा फर्काउन भैरहेको चलखेललाई रोक्न गठबन्धनको आवश्यकता भएको बताउँदै उनले भने‚ ‘हामी बहुमत ल्याएर सरकार बनाउछौं भन्ने केपी ओलीले हल्ला फैलाएर भ्रम सिर्जना गरेका छन् । यसअघि जनताले बहुमत दिँदा सरकार चलाउन छाडेर संसद् विघटन, संविधान मिच्नेजस्ता काम गरेका उनले कुनै हालतमा बहुमत ल्याउँदैनन् ।’ यसपालि गठबन्धनको जीत सुनिश्चित छ भएको भन्दै गठबन्धनले बहुमतको सरकार बनाउनेमा आफू ढुक्क रहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार