आमनिर्वाचन अवधिभर बझाङमा मदिरा बिक्री वितरणमा रोक
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २१:५३:९
♦ शिवजी मण्डेल
२२ कात्तिक, बझाङ । बझाङमा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइने भएको छ। मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक २५ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने भएको हो।
कार्तिक २१ गते बसेको जिल्ला सुरक्षा समिति बझाङको निर्णय अनुसार यहीँ कार्तिक २५ गतेदेखि मादक पदार्थ ओसारपसार , बिक्री वितरण तथा सेवामा रोक लगाइने बताइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिने प्रमुख जिल्ला बाबुराम अर्यालले बताए। सोमबार सार्वजनिक गरिएको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिने जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।
सूचनामा भनिएको छ, मंसिर कार्तिक २५ गतेदेखि मतगणना नभएसम्म मादक पदार्थ ओसारपसार , बिक्री वितरण तथा सेवामा पूर्णरूपमा रोक लगाइने भएको छ । यदि सो अवधिभर कोही कसैले मादक पदार्थ ओसारपसार बिक्री वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरासम्बन्धित सबैलाई सुचित गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार