स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा सुगौलिका मतदाता मतदान गर्न तयार
आबिद हुसेन
कात्तिक २२, २०७९ मंगलबार २१:५८:५४
२२ कात्तिक, बीरगञ्ज । स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको ‘हर घर, रुपेशमान’ अभियानको टोली मंगलबार बीरगञ्ज महानगरपालिका वडा नम्वर २६ सुगौलीमा पुगेको छ ।
टोलीले सुगौलीको घरघरमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आग्रह गरेको छ । सुगौलीका मतदाताले स्वतन्त्र उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै फुल माला र अबिर लगाइदिएर विजयको आशिर्वाद दिएका छन् ।
यस अघि जितेर गएकाहरु कमिशन कुम्ल्याउनै तल्लिन रहँदा गाउँ पछि परेको भन्दै अब दलका उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा आफूहरु मतदान गर्न तयार भएर बसेको मतदाताहरु बताउने गरेका छन् ।
अब आफ्नो ठाउँको विकासका लागि पनि एक पटक हिम्मत गर्नु पर्ने भन्दै स्थानीय मतदाता सुरजी देवीले यस पटक रुपेशमानलाई जिताउन आफूहरु पनि लागि परेको बताइन् ।
स्वतन्त्र उम्मेद्वार सिंहले आफ्नो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क र गुणस्तरीय बनाउने विषयमा केन्द्रित रहेको भन्दै भौतिक विकासलाई पनि सँगै लिएर जाने बताए । घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
पर्यटन मन्त्री पाण्डेको मितव्ययी निर्णयः १२ करोड बढीको छपाई प्रज्ञा छापाखानाबाटै
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार