गाउँपालिकाले दियो कृषकलाई अनुदानमा हाते ट्याक्टर
नेपालबहस संवाददाता
कात्तिक २२, २०७९ मंगलबार २३:२४:३६
◊ शिवजी मण्डेल
२२ कात्तिक, बझाङ । बझाङको थलारा गाउँपालिका कृषि शाखाले हाते ट्याक्टर वितरण गरेको छ। खेतीपाती लगाउने समय सुरु भएसँगै कृषि विकास शाखाले कृषकलाई ७५ प्रतिशत अनुदानमा सोमबार हाते ट्याक्टर वितरण गरेको हो।
गाउँपालिकाका ९ वटै वडामा एकएक हाते ट्याक्टर वितरण गरिएको जनाईएको छ। गाउँपालिकामा रहेको कृषियोग्य जमिनलाई मध्येनजर गर्दै हाते ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख तेजबहादुर ओलीले बताए।
गाउँपालिकामा दर्ता भएका कृषि समुहलाई ९ एचपी को ५ र ७ एचपीको ४ को चार वटा ट्याक्टर गरि प्रत्येक वडामा एकएक ट्याक्टर वितरण गरिएको छ । हाते ट्याक्टर ९ एचपीको ९० हजार र ७ एचपीको ८० हजारमा खरिद गरिएको पालिकाले जनाएको छ । उक्त ट्याक्टर खरिदका लागि पालिकाले ७५ प्रतिशत र कृषि समुहले २५ प्रतिशत लगानी गरेको छ ।
कृषिलाई आधुनिकिकरण तथा यन्त्रीकरण गरि खेतीपातीमा सहजता ल्याउने उदेश्य ट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख ओलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म्याग्दीमा आलु प्रवर्द्धन कार्यक्रम : आठ सय रोपनीमा खेती विस्तार
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार