एमालेको किल्ला तोड्ने तयारीमा महामन्त्री शर्मा, डेब्यूको पहल गर्दै खरेल
कुसुम सेञ्चुरी
कात्तिक २३, २०७९ बुधबार १४:२२:१४
२३ कात्तिक, काठमाडौं । झापा १ मा दुई पटक निर्वाचन लडेका विश्वप्रकास शर्मा तेस्रो प्रयासमा जित निकाल्ने कोसिसमा छन् । शर्मासँग प्रतिस्पर्धा गरिरहेका एमाले नेता अग्नी खरेल पहिलो पटक जनताको मतले चुनिएर डेब्यू गर्ने प्रयासमा छन् । यी दुई कारणले अहिलेको निर्वाचनमा झापा क्षेत्र नम्बर १ निकै चर्चामा छ ।
सिंगो झापा मध्ये क्षेत्र ५ र १ मात्रै चर्चामा रहेका छन् । झापाको क्षेत्र –५ एमाले अध्यक्ष केपी शर्मा ओली भएकै कारण चर्चामा छ भने १ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव लडिरहेका कारण चर्चामा छ । मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका प्रभावशाली महामन्त्री शर्मा यसपटक झापाली जनताले मनमस्तिष्कमा बसेको कांग्रेसका नेताहरुले बताउन थालेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि यी दुई मुख्य प्रतिस्पर्धीसहित १५ उम्मेदवार चुनावी मैदानमा छन् । महामन्त्री शर्मा दुईपटक चुनाव हारेको क्षेत्रबाट तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । पटकपटक प्रत्यक्ष निर्वाचनको अनुभव बटुलेका शर्मासँग राजनीतिक हिसाबले अपरिपक्व एमाले नेता खरेलको प्रतिस्पर्धाले केही हदसम्म सहज बनाएको भएपनि एमालेको बलियो संगठनले उनलाई मेहनती बनाएको छ । ‘कानुन मन्त्री हुँदा होस वा महान्याधिवक्ता हुँदा होस दुवै पटक विवादमा रहेका खरेलको प्रतिस्पर्धाले शर्मालाई सहज बनाएको छ, तर मेहनचाहि गर्नुपर्छ’, गठबन्धनका एक नेताले भने ।
२०७४ सालको चुनावमा झापा १ मा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार (राम) कार्कीले जितेका थिए । कार्की ३६ हजार १७३ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । कार्कीका निकटतम प्रतिद्वन्द्वी विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए । उनीहरूसहित सात प्रतिस्पर्धी चुनावमा उत्रिएका थिए । मंगोल नेसनल अर्गनाइजेससन, संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावमा उम्मेदवार उठाएका थिए । अन्य पाँचवटा पार्टीको मत १ हजार ३ सयभन्दा कम आएको थियो । तीन जना स्वतन्त्र उम्मेदवार पनि थिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठन गर्दा ओलीको पक्षबाट वकालत गर्ने खरेल नै अहिले शर्मासँग चुनावी प्रतिस्पर्धा आउदा प्रतिगमनका मतियार नै आएको भन्दै जनाताले समेत बहिष्कार गर्न थालेका छन् । उनले ओलीको संसद विघठनको पक्षमा वकालत गरेकै कारण जनताले हेर्ने दृष्टिकोण बद्लेका छन् । त्यतिमात्र होइन उनी ओलीले टपक्क टिपेर माथि उठाइएको नेताको रुपमा परिचित छन् । आफ्नै पार्टीका नेताहरु समेत सन्तुष्ट नभएका बेला अग्नीका लागी अहिलेको चुनाव अग्नी परीक्षा जस्तै भएको छ । २०७९ वैशाख ३० को स्थानीय तहको मत हेर्दा एमाले पहिलो शक्ति भएको थियो । स्थानीय तहमा आएको भोटका आधारमा हेर्दा गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको भन्दा कम छ । तर पनि पार्टीभित्र ‘ओभर टेक’ गरेर विभिन्न किसिमको लाभ लिएका खरेललाई यसपटक पार्टीभित्र बाट सहयोग हुने अवस्था छैन । समानुपातिक सांसद, कानुनमन्त्री, महान्याधिवक्ता जस्ता लाभको पदमा रहेका अग्नीले जिल्लाका नेता कार्यकर्तालाई पनि चिन्ने गरेका छैनन ।
स्थानीय निर्वाचनमा त्यस क्षेत्रमा एमालेको पक्षमा ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ५ हजार ९२२, माओवादी केन्द्रलेको ३ हजार ९०५ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पक्षमा १ हजार २५२ मत आएको छ । स्थानीय तहमा सबै दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए । गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको मत जोड्दा २९ हजार २१६ हुन्छ । अहिले सत्ता गठबन्धनका चार दल एक ठाउँमा र नेकपा एमाले तथा राप्रपा एक ठाउँमा छन् । स्थानीय तहमा एमाले र राप्रपाको मत जोड्दा ३७ हजार १५४ हुन्छ । तर पनि झापा ५मा बाहेक राप्रपाले एमालेलाई सहयोग गर्ने परिस्थिति निर्माण नभएको झापाका एक राप्रपाका नेताले बताए । उनका अनुसार एमालेभित्रै वेमेल रहेका कारण राप्रपाले सहयोग गर्नुको औचित्य नभएकाले पनि अहिलेको परिस्थिति अग्नी खरेलको विपक्षमा रहेको राप्रपाका स्थानीय नेताहरुले बताएका छन् ।
झापा १ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमालेबाट खरेल, कांग्रेसबाट शर्मा मुख्य प्रतिस्पर्धी हुन । जनता समाजवादी पार्टी (जसपा) बाट राधा थापा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ओलीन राजवंशी, हाम्रो नेपाली पार्टीबाट ठण्डबहादुर अधिकारी प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी नेपालका लागि नेपाली पार्टीले मुकुन्द दाहाल, मंगोल नेसनल अर्गनाइजेसनले सन्तोष तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पदममाया लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्रहाङ जबेगु, नेपाल जनता पार्टीबाट रामकुमार काफ्लेलाई चुनावी प्रतिस्पर्धाका लागि अगाडि सारेका छन् । त्यसैगरी जनसमाजवादी पार्टीका तर्फबाट रमेश बास्तोला, राप्रपाबाट ओमनाथ भण्डारी, स्वतन्त्रबाट विकास राजवंशी, केन्द्रकुमारी दाहाल, विदुरकुमार खतिवडा चुनाव लड्दैछन् । जसले गर्दा पनि एमालेको मतमा भारी कटौति हुने अवस्था आएको र शर्मा आफै राष्ट्रिय राजनीतिमा रहेकाले पनि जनातको अपेक्षा अहिले शर्मातिर लोभिएको छ ।
को हुन शर्मा ?
विश्वप्रकाश शर्मा २०२७ सालमा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी २०३७ सालमा झापामा विद्यालय तहमा पढ्न सुरु गरेदेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा झापाको धुलाबारी माध्यमिक विद्यालयमा नेविसंघ एकाइ सभापति भएर उनले राजनीति सुरु गरेका थिए । शर्मालाई २०४१ सालमा कक्षा ९ मा पढ्दा पहिलोपटक प्रहरीले पक्राउ गरेको थियो ।
उनी २०४७ सालमा नेविसंघ झापा जिल्ला सभापति भएका थिए। त्यसपछि उनी २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बने । शर्मा केन्द्रीय सदस्य हुँदै २०५३ सालमा नेविसंघ महामन्त्री बनेका थिए । त्यसै सालमा महामन्त्री हुँदै केन्द्रीय उपसभापतिसमेत भएका थिए । विद्यार्थी संघमा सदस्यबाट उनी महामन्त्री, उपाध्यक्ष हुँदै नेविसंघको आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०५७ सालमा विद्यार्थीको नेतृत्वमा निर्वाचित भएका हुन् । पार्टी नेता उत्पादन गर्ने ठाउँ मानिने नेविसंघमा उनले २०५९ सालमा नवौं महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।
विद्यार्थी राजनीतिको नेतृत्व लिनासाथ २०५७ सालमै उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए। नेविसंघको राजनीतिपछि शर्माले पार्टीको जिल्ला राजनीतिमा प्रवेशको प्रयास गरेका थिए । २०७२ सालमा भएको १३औं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । शर्माले २०७४ सालमा कांग्रेस प्रवक्ताको जिम्मेवारी पाएका थिए । त्यसैगरी उनी २०७६ सालमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख पनि बनेका थिए । प्रवक्ता भएर शर्माले उदाहरणीय कम गर्न सफल भएपछि राष्ट्रिय रुपमै चर्चामा आएका थिए । उनी अहिले कांग्रेसको महामन्त्री छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार