नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १८:२०:१२
२३ कात्तिक, मध्यविन्दु । आगामी मंसिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना घट्ने तथा निर्वाचन विरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
“जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न÷नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो”, प्रजिअ सुमन घिमिरेले भने, “निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्तिसुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्रीवितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।”
निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार