काठमाडौंमा चुनावी सभा गर्दै राप्रपा
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १९:८:२०
२३ कात्तिक, काठमाडौं । राप्रपाले आउँदो शुक्रबार काठमाडौंमा आमसभा गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै प्रचारप्रसारलाई तिव्रता दिएको राप्रपाले शुक्रबार काठमाडौंमा आमसभा गर्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौंको वसन्तपुरमा उपत्यकास्तरीय चुनावी सभा गर्न लागेको हो । उक्त आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्ने श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आमसभामा उपत्यकाका तीन जिल्लाका १५ प्रतिनिधि सभाका र ३० प्रदेश सभाका उम्मेदवारहरुले मतदानका लागि सामूहिक अपिल गर्ने कार्यक्रम छ । यसपटक उपत्यका आफूहरु विजयी हुने श्रेष्ठले दाबीसमेत गरे । देशका १४२ प्रतिनिधिसभा र २८६ प्रदेश सभा क्षेत्रमा उमेदवारी दिएको राप्रपा सबैभन्दा बढी उमेदवार उठाउने एमाले पछिको दोस्रो दल हो ।
राप्रपाले यसअघि गोरखाको पालुङटार, नवलपुरको डण्डा, नवलपरासीको सुनवल र पाल्ही नन्दनमा चुनावी सभा गरिसकेको छ। काठमाडाैंका चुनावी सभालाई सो पार्टीका अध्यक्ष राजेन्द्रकुमार लिङदेनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राप्रपाले कात्तिक २४ गते नेै सिन्धुपाल्चोक, सिन्धुली, सिराहा, मकवानपुर, उदयपुर र सुनसरीमा चुनावी सभा गर्दैछ । कात्तिक २९ गतेसम्म चुनावी सभा गरिने राप्रपाले जनाएको छ ।
राप्रपाले राजसंस्थाको पुनःस्थापना, प्रत्यक्ष चुनावबाट कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेजी लगायत एजेण्डालाई चुनावी अभियानमा प्रचारप्रसार गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार