मतदान शिक्षालाई तीव्रता दिँदै आयाेग, तेह्रथुममा नमुना मतदान
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १९:२१:९
२३ कात्तिक, तेह्रथुम । आगामी ४ मंसिरकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बदर मत घटाउन तेह्रथुममा नमुना मतदान गरिएको छ । जिल्लाको छथर गाउँपालिकामा गरिएको नमुना मतदान छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले अभ्यासस्वरुप मतदान गरी सुरु भएकाे थियो । सोमबारदेखि सुरु गरिएको नमुना मतदान मंगलबार छथर र फेदाप गाउँपालिकामा सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकृत निराज शर्माले बताए ।
नमुना मतदानमा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, सेवाग्राहीसहितले नमुना मतदानमा भाग लिएका छन् । यस्तै, गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सेवाग्रहीले नमुना मतदानमा भाग लिएका छन् ।
नमुना मतदान कार्यक्रममा सहभागी हुने मतदाताले प्रदेश र प्रतिनिधिसभाको जस्तै प्रत्यक्षलाई र समानुपातिक गरि चार पटक मतदान गर्नुपर्ने शर्माले नागरिकलाई जानकारी गराए । नमुना मतदान शिक्षाले विगतमा भएका मत बदरलाई न्युनिकरण हुने र आफुले रोजेको व्यक्तिलाई एक मतपत्रमा एक मात्रै मतदान गर्ने शिक्षा पाएको नमुना मतदानमा सहभागी कृष्णबहादुर ठकुरीले बताए ।
निर्वाचनको अन्तिम तयारीमा रहेको मुख्य निर्वाचन अधिकृत प्रमेश पोख्रेलले बताए । ‘आयोगबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवै मतपत्र रुजु गरेर मतदान अधिकृतहरुलाई हस्तान्तरण गर्ने तयारी गरी सकेका छौँ । मतदान अधिकृत र सहायक सहयोगी कर्मकचारीहलाई मतदान अधिकृतहरुलाई तालिमको तयारी गरी रहेका छौँ । मतदान शिक्षालाई तिव्रता दिँदै नमुना मतदानलाई सबै पालिकाहरुमा सञ्चालन गरी रहेका छौँ । निर्वाचन सम्पन्न गराउन हामी तयारी अवस्थामा छौँ ।’ पोख्रेलले भने ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा कुल ५६ मतदानस्थल छन भने ९३ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ७१ हजार ९ सय ३३ मतदाता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार