डोटीका भूकम्प पीडितलाई तत्काल राहतको व्यवस्था गर्नूः प्रधानमन्त्री

नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार १९:४८:३३

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प परेकाहरुलाई तत्काल उपचार र राहतको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देउवाले यस्तो निर्देशन दिएका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सो भूकम्पमा परी मृत्यु भएका ६ जनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जालमार्फत नै उनले शोकमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जलमार्फत नै उनले घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले घाइतेहरूको यथाशीघ्र उद्धार, राहत र पुनःस्थापनाका लागि तत्काल पहल गर्न र प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपील समेत गरेका छन् । प्रभावितको उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका सदस्यहरूलाई निर्देशन पनि दिएका छन् ।
डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको थियो । पूर्वी चौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज देशभरको मौसम सफा रहने, हिमाली भागमा हल्का हिमपात हुने
माघ १७, २०८१ बिहिबार
तराईमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने
माघ १६, २०८१ बुधबार
विपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार