३० अर्ब आन्तरिक ऋण उठाउन बोलकबोल तालिका सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २०:९:३५
२३ कात्तिक, काठमाडौं । सरकारले चालु वर्षको बजेटमा व्यवस्था गरिएअनुसार आन्तरिक ऋण उठाउने तयारी थालेको छ । पहिलो त्रैमासिकमा ऋण नउठाएको सरकारले दोस्रो त्रैमासिकमा ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको हो । चालु आर्थिक वर्षको बजेटमा तय गरेको लक्ष्यअनुसार पहिलो चरणमा मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वार्षिक बजेटमा २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको छ ।
सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासमा आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले बोलकबोल तालिकासमेत सार्वजनिक गरिसकेको छ । मंसिर १३ देखि पुस ६ गतेसम्म ३० अर्ब संकलन गरिसक्ने तालिकामा उल्लेख छ । जसअनुसार ३६४ दिने ट्रेजरी बिलमार्फत १५ अर्ब र दुई, तीन, चार वर्षे विकास ऋणपत्र मार्फत १५ अर्ब गरी कुल ३० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरिनेछ ।
उल्लिखित आन्तरिक ऋणको ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । लामो समयदेखि वित्तीय प्रणालीमा लगानी योग्य रकम अभावको समस्या रहँदै आएको छ । अपेक्षित रुपमा निक्षेप संकलन हुन नसकेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव छ । निक्षेपमा कमी आउन थाले पनि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर मुद्दती निक्षेपमा १२.१३३ प्रतिशतसम्म पुर्याएका छन् ।
यता, बैंक तथा वित्तीय संस्थाले ऋणको व्याजदरसहित सबै खाले सेवा शूल्कसमेत बढाएको भन्दै उद्योगी र व्यवसायीहरुले वित्तीय संस्थाविरुद्ध आन्दोलन चर्काएका छन् । उनीहरुले कर्जाको व्याज घटाउन माग गर्दै नघटाए वित्तीय संस्थामै तालाबन्दी गर्ने चेतावनी दिएका छन् । यही बेला सरकारले आन्तरिक ऋण उठाउन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार