मतदान बहिष्कारको निर्णयबाट पछि हटे सोरुङछबिसेका बासिन्दा
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २०:४०:१६
२३ कात्तिक, उदयपुर । कटारी नगरपालिका–१० सोरुङछबिसेका बासिन्दाले आसन्न चनावमा मतदान बहिष्कार गर्ने निर्णय फिर्ता लिएका छन् । स्थानीय तह निर्वाचनमा प्रहरीको गोली लागि एक किशोरको ज्यान जाँदा भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरुले ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने बताउँदै आएका थिए ।
कटारी नगरपालिकाको कार्यालयमा मंगलवार बसेको सर्बदलीय र सर्बपक्षीय बैठकले पूर्व सहमति कार्यान्वयन गराउन सबै पक्ष लाग्ने भनेपछि बहिष्कारको निर्णय फिर्ता भएको हो । स्थानीय तह निर्वाचनमा सोरुङछबिसे माध्यामिक विद्यालयको प्राङ्गणमा मतदान सकिनै लागेको बेला दिउँसो ४ बजे सुरक्षाकर्मीले प्रहार गरेको गोली लागेर एक युवाको घट्नास्थलमै ज्यान गएको थियो । अर्का एक जना पनि घाइते भएका थिए ।
गोली प्रहारबाट वडाध्यक्षका उम्मेदवार कै भतिजको ज्यान गएको थियो । यसपछि स्थानीयवासी निकै आक्रोशित बनेका थिए । आक्रोश सान्त पार्न सरकारले विभिन्न सहमित गरेको थियो तर उक्त सहमति हालसम्म पनि कार्यान्वयन नभएको स्थानीयको आरोप छ । यही कारण कटारी नगरपालिका-१० का राजनीतिक दलहरूको बैठकले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए ।
सहमितमा उच्चस्तरीय छानबिन आयोग गठन, दोषीलाई निलम्बन गरी कारबाही प्रकृया अघि बढाउन गृह मन्त्रालयलाई पत्र लेखी पठाउने, मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा मृतकलाई सहिद घोषणा गर्ने, घाइतेलाई उपचार र क्षतिपूर्ति उपलब्ध गराउने उल्लेख थियो । तर, त्यो सहमति अहिलेसम्म कार्यान्वयन नभएको भन्दै वडाका दलहरूले आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए ।
छलफलमा घटनाको गृह मन्त्रालयबाट गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयलाई आग्रह गर्ने, मृतकलाई शहीद घोषणाका लागि पुनः पहल गर्ने, सहमतिअनुसारको राहत रकम १० लाख रुपैयाँ मृतकका बाबु जितबहादुर कटुवाललाई उपलब्ध गराउने, घाईतेको औषधि उपचारको पैसा उपलब्ध गराउने सहमति भएपछि निर्वाचन बहिष्कारको निर्णय फिर्ता भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार