संविधान च्यातेर ओलीले प्रधानमन्त्री बन्ने बाटो बन्द गरेः प्रचण्ड
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २०:४१:५१
२३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैले प्रधानमन्त्री बन्ने बाटो बन्द गरेको बताएका छन् । उनले ओलीले संविधान च्यातेर व्यवस्थामाथि नै प्रहार गरेकाले यो व्यवस्थामा ओली प्रधानमन्त्री बन्न सम्भव नरहेको दावी गरेका छन् ।
बुधबार दार्चुलाको गोकुलेश्वरमा लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको आमसभामा बोल्दै प्रचण्डले यसअघि आफूले नै प्रस्ताव गरेर ओलीलाई २ पटक प्रधानमन्त्री बनाएको तर, अब ओली प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए । उनले ओलीले नेतृत्व गरेको नेकपा एमालेलाई अब कुनै बहुमतको पनि आवस्यकता नरहेको बताए ।
ओलीलाई फेरी संविधान च्यात्नका लागि जनताले मत दिए नेपालमा यो व्यवस्था नै संकटमा पुग्ने प्रचण्डको भनाइ छ । उनले ओली संघीय लोकतान्त्रि गणतन्त्रको संविधानको विपक्षमा रहेका बेला आफुले नै संविधान बनाउन सहमत भए प्रधानमन्त्री दिन्छु भनेर पहिलो पटक ओलीलाई प्रधानमन्त्री दिएको बताए । वाम एकतापछि दोस्रो पटक ओलीलाई आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएको भन्दै अब ओली तेस्रो पटक प्रधानमन्त्री बन्न सम्भव नरहेको प्रचण्डले बताए ।
ओलीले चुनावी सभाहरूमा पुगेर एमालेलाई बहुमत दिन आग्रह गरिरहेको प्रसंग निकाल्दै प्रचण्डले ओलीलाई किन चाहियो बहुमत भनेर प्रश्न पनि गरेका थिए । ‘केपी ओलीलाई बहुमत चाहियो भन्दा मलाई लाज लाग्छ । दुई तिहाइको सरकार ढालेर, त्यत्रो पार्टी नेकपा टुक्राटुक्रा पारेर अनि अहिले किन चाहियो बहुमत?,’ उनले भने, ‘कुन नैतिकताले ओलीले बहुमत चाहियो भनेका छन् ? किन चाहियो ओलीलाई बहुमत, संविधान च्यात्न? बचेखुसेको कम्युनिष्टलाई ध्वस्त पार्न ?।’
ओलीले केही समयअघि दार्चुला पुगेर गुमेको भूमि फिर्ता ल्याउने बताएका थिए । ओलीका उक्त भनाइप्रति टिप्पणी गर्दै प्रचण्डले चुनाव आएपछि राष्ट्रवादको कुरा आउने सरकारमा गएपछि लम्पसार पनेए ओली कायर भएको उनको भनाइ छ । प्रचण्डले चुच्चे नक्सा ल्याउनका लागि आफुहरुले नै पटक पटक ओलीलाई दवाव दिएको र त्यसमा सबै राजनीतिक दलको बराबरी हिस्सा रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार