स्वतन्त्रको पछि नलागी गठबन्धनबाट आफ्नो मत जोगाउनूः ओली
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २२:३८:४८
२३ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले स्वतन्त्रबाट उठेकाहरुले देशमा केही गर्न नसक्ने भन्दै गठबन्धन सरकारले बदमासी गर्न सक्ने बताएका छन् ।
झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले कानूनविपरीत जस्तो पनि गतिविधि गर्नसक्ने भएकाले सचेत रहेन आग्रह गरे । उनले नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हाम्रा साथीहरुले निर्वाचन र बुथ प्रतिनिधि के–के खटाउनुपर्छ चनाखो भएर खटाउनुस् हिम्मतिलो तरिकाले । यो गठबन्धन सरकारले जे पनि दुष्कर्म गर्नसक्छ । गैर कानूनी र लोकतन्त्र विरोधी कसैलाई पनि गर्न नदिने पहरेदारी पनि एमालेले गर्नुपर्छ । साथीहरु तयार रहनुस् । पार्टीले प्रशिक्षण गर्न त्यसपछि विजयीको लागि लाग्नुस् ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग देश र पार्टी चलाउने कुनै एजेन्डा नभएको टिप्पणी गरे । उनले जनताको अधिकार, देशको स्वाधीनता, विकासलगायत एजेन्डा एमालेको रहेको जिकिर गरे । ओलीले आसन्न निर्वाचनमा एमाले विजयी नभए देश बर्बादीमा जाने बताए ।
देश बनाउने अभियानमा एमालेमा आउन उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलका नेता–कार्यकर्तालाई आग्रह समेत गरे । नेकपा (एकीकृत समाजवादी) भन्ने पार्टी नै नरहेको उनको भनाइ छ । एमाले सिद्धाउने खेल भएको भन्दै उनले आउँदो मंसिर ४ गतेपछि त्यो खेलको अन्त्य हुने तर्क गरे ।
निर्वाचनमा गठबन्धनले जस्तोसुकै दुष्कर्ष गर्न सक्ने भन्दै उनले हिम्मतिलो भएर मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले निर्वाचनमा उठेका स्वतन्त्र उमेदवारहरूले केही गर्न नसक्ने जिकिर पनि गरे । निर्वाचनपछि बन्ने एमाले सरकारले ज्येष्ठ नागरिक भत्ता समयानुकूल बढाउँदै लैजाने उनले बताए । अध्यक्ष ओलीले डोटीमा गएको भूकम्पपीडितको उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार