प्रभु साहलाई समर्थन नगरेपछि माओवादीले चलायो आफ्नै उम्मेदवारमाथि डण्ड
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बुधबार २२:५७:२१
२३ कात्तिक, चन्द्रनिगाहपुर । नेकपा (माओवादी केन्द्र)ले रौतहटको क्षेत्र नं. ३ का आफ्नै उम्मेदवारलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार बनेका रविन्द्र पटेल धिरजले उम्मेदवारी फिर्ता नलिएपछि माओवादीले उनलाई कारबाही गरेको हो ।
गठबन्धनले सिट बाँडफाँट गर्दा रौतहट ३ मा प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो । तरपछि त्यस क्षेत्रमा एमाले टिकट नपाएका माओवादी केन्द्रका पूर्व नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनले उनलाई सघाउने निर्णय गरेको थियो ।
तर पार्टीले निर्णय गरेपनि उम्मेदवारी कायमै राखेका पटेलले साहलाई कुनैपनि हालतमा समर्थन नगर्ने भन्दै चुनावी प्रचार प्रसारको अभियानलाई जारी राखेका छन ।
पार्टी निर्णय नमानेको भन्दै माओवादी केन्द्रले आज पटेलको सदस्यता खारेज गरेको हो । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इञ्चार्ज गणेश साहले पटेललाई पार्टीबाट निष्काशन गरेको बताएका छन । पटेल आजकै दिनबाट पार्टी सदस्य नरहेकाे इञ्चार्ज साहले बताए ।
उम्मेदवार पटेललाई सघाएको भन्दै माओवादी केन्द्रले पार्टी प्रदेश कमिटी सदस्य विन्देश्वर यादवलाई समेत पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार