स्याङ्जा कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी काफ्लेलाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बिहिबार ०:९:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/kedar-kafle_gGTPRmKMjx.jpg)
२३ कार्तिक, स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको जिम्मेवारी केदार काफ्लेलाई दिइएको छ । स्याङ्जा कांग्रेसका सभापति तथा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा उम्मेदवार राजु थापाले नेपाली कांग्रेस स्याङ्जाका उपसभापति काफ्लेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । सभापति थापा स्याङ्जा क्षेत्र नम्वर १ को प्रतिनिधिसभा उम्मेदवार भएपछि पार्टीलाई चलायमान बनाउन काफ्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।
सभापति थापाले काफ्लेलाई नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ (ट) ले दिएको अधिकार प्रयोग गरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जानकारी दिएका छन् । कात्र्तिक १४ गतेदेखि लागु हुनेगरी सभापति थापाले काफ्लेलाई नेपाली कांग्रेसको विधानको अधिनमा रही पाटीको हितमा कार्य गर्ने विश्वास लिएको समेत उनले जनाएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका उपसभापति समेत रहेका काफ्ललेको पार्टीमा छुट्टैखाले पहिचान रहेको छ । उनको कार्यदक्षता, पार्टीप्रतिको मेहनत, पाटीमा रहेर लामो समय काम गरेको अनुभव छ । तीन निर्वाचन क्षेत्र रहदा स्याङ्जा क्षेत्र नम्वर २ को क्षेत्रीय सभापति रहेर काम गरेका काफ्ले सफल क्षेत्रीय सभापतिको पहिचान बनाएका थिए ।
यसैगरी नेपाली कांग्रेस स्याङ्जाले मंसिर ४ गतेको निर्वाचनका लागि कांग्रेससहित गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन समितिहरु गठन गरेको छ । जिल्ला स्तरीय अनुगमन समितिको संयोजकमा कार्यवहाक सभापति केदार काफ्ले, चुनाव प्रचार प्रसार समितिको संयोजकमा सचिव दामोदर लम्साल, सुचना तथा सञ्चारमा पार्टीका प्रवक्ता भरतराज लम्साल, सुचना तथा प्रविधि समितिको संयोजकमा त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष फणिन्द्र पौडेल रहेका छन् । क्षेत्र, प्रदेश, पालिका र वडास्तरमा बिशेष समिति समिति अगाडी बढाउने गरी समिति गठन हुने नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार