निर्वाचनमा सुरक्षाकर्मीबाहेक २,४६,९०० कर्मचारी खटाइने
नेपालबहस संवाददाता
कात्तिक २३, २०७९ बिहिबार ०:५०:३८
२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि खाटाउने कर्मचारीको संख्या तया गरेको छ । ओयोगका अनुसार मंसिर ४ को निर्वाचनका लागि देशभर २ लाख ४६ हजार ९ सय कर्मचारी खटिनेछन् ।
आयोगले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणनासमेतका लागि यो संख्यामा कर्मचारी खटाउन लागेको हो । जसमा नेपाल सरकारका विभिन्न निकायमा कार्यरतसहित केही कर्मचारी अन्यत्रबाटसमेत लिएको जनाएको छ ।
आयोगले जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू सञ्चालन भइरहेको जानकारी दिएको छ । जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा गठित समितिहरूले निजामती सेवा र सार्वजनिक निकायमा काम गर्ने कर्मचारीलाई पदीय हिसावले विवरण लिएर सिफारिस गरिएको आयोगको भनाइ छ ।
सिफारिस भएका कर्मचारीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गरिसकेको छ । देशभर निर्वाचनका लागि आवश्यक जनशक्ति नियुक्त भइसकेको र अहिले तालिम सञ्चालन भइरहेको भन्दै आयोगले कर्मचारीहरू मतदानको तीन दिन अगाडि नै मतदानस्थलमा पुगिसक्ने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार