एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन : एस इग्नाइट

नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार १३:१४:४८

२३ कात्तिक, काठमाडौं । नेपालको अग्रणी व्यवस्थापन संकायको कलेज मध्यको एक, एस् इन्स्टिच्युट अफम्यानेजमेन्टले नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले ४८ घन्टे ह्याकथन“एस् इग्नाइट”आयोजना गर्ने भएको छ ।
कार्तिक २४ गते देखि २६ गते सम्म कलेजकै प्राङ्गणमा हुने यस ह्याकथन यस प्रक्रारको अहिलेसम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ । ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु हुने यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ ।
ह्याकथनको बारेमा बोल्दै प्रज्वल श्रेष्ठले भने “ एस् इग्नाइट नवीनतम आविष्कारहरु गर्न सक्ने क्षमता भएका नेपाली युवाहरुको लागि एउटा इको सिस्टम सिर्जना गर्ने प्रयास हो । यस ह्याकथन मार्फत हामीले वास्तविक संसारका समस्याहरूसंग लड्ने र नेपालमै अवसरहरूको पहिचान गर्ने एउटा प्ल्याट्फर्म पनि प्रदान गर्न खोजेका छौँ । प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकी नेपालमै करियर बनाउन सकिन्छ भन्ने विश्वास पनि हामीले युवाहरूमा प्रदान गर्न खोजेका छौँ ।
एस् इग्नाइट आइटि, व्यवस्थापन, इन्जिनियरिङ्ग डिजाइनिङ जस्ता विविध शैक्षिक पृष्ठभूमिका व्यक्तिहरू र उनीहरूको आविष्कारमा केन्द्रित ४८ घन्टे ह्याकाथन हो । यसले एक इकोसिस्टमको परिकल्पना गर्दछ जसले युवाहरूलाई उनीहरूको विचारहरूलाई वास्तविक संसारमा रूपान्तरण गर्नको लागि सहकार्य गर्दै काम गर्न प्रेरित गर्छ । यस्ता प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन दिनको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारहरूबाट उत्कृष्ट नगद पुरस्कारहरूको साथै अन्य आकर्षक उपहारहरूको पनि व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायतको विवादपछि के पाकिस्तानले एलोन मस्कसँग सम्झौता गर्न सक्छ ?
फागुन १५, २०८१ बिहिबार
अब नेपाली रेडियो एक कदम अगाडि नेपाली पात्रोमा सुन्न सकिने
फागुन १३, २०८१ मंगलबार
फेब्रुअरी महिनाको अन्तिम दिन हुदैँछ दुर्लभ ‘ग्रहहरूको परेड’
फागुन १२, २०८१ सोमबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
सबै नेपालीलाई नागरिक बिमामा जोड्नु पर्छ : मन्त्री पौडेल
फागुन १५, २०८१ बिहिबार
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् समर्थकसँग माफी
फागुन १५, २०८१ बिहिबार
घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ : मन्त्री यादव
फागुन १५, २०८१ बिहिबार
च्याम्पियन्स ट्रफीमा बंगलादेश र पाकिस्तानबीचको खेल वर्षाले रद्द
फागुन १५, २०८१ बिहिबार
सरकारले आन्तरिक ऋण प्रयोजनका लागि ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्रीमा राख्यो
फागुन १५, २०८१ बिहिबार
बिहीबार ४९ अंकले बढेर २८ सयमाथि उक्लियो बजार, १३ वटै समूहको परिसूचकमा सुधार
फागुन १५, २०८१ बिहिबार