मंसिर ४ पछि टिभीमा विश्वकप हेर्ने कि निर्वाचनको नतिजा ?
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार १६:१२:१६
२४ कात्तिक, काठमाडौं । तपाइको घारमा एउटा मात्रै टेलिभिजन छ भने मंसिर ४ गतेपछि परिवारसँग कुरा नमिल्न सक्छ । मंसिर ४ गते नेपालमा आम निर्वाचन हुँदैछ भने कतारमा विश्वकप फुटबलको उद्घाटन हुँदैछ । फुटबल खेल र निर्वाचन हारजितको दुबै चासोकै विषय हुन् । तर, निर्वाचनको विषय पक्का भएपनि फुटबलको विषय भने अझै अन्योलमा छ ।
सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि कतारमा हुने २२ औं फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ । यो अन्योल नहटाएसम्म विश्वकप हेर्न पाइन्छ कि पााइदैन भन्ने एकिन भएको छ्रैन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नेपालका लागि प्रशारण अधिकार खरिद गरेको मिडिया हबले विश्वकपका ६४ खेल हेरेवापत प्रयोगकर्ताले ५ सय रुपैयाँ शुल्क उठाउने तयारी गरेको थियो ।
सोहीअनुरुप विश्वकपको ग्राहक प्याकेज बिक्रीको प्रक्रिया अघि बढाएको थियो । त्यसविरुद्ध परेको मुद्दामा मंगलबार सर्वोच्च अदालतले ‘थप दस्तुर’ उठाउन खोजेको भन्दै यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी गर्नेक्रममा अदालतले मिडिया हबलाई कात्तिक ३० गते उपस्थित हुन आदेश गरेको छ ।
कतारमा विश्वकप हुन चार दिनको मात्र समय राखेर बोलाइएकाले नेपालमा विश्वकपको प्रसारण अन्योलमा परेको हो । अदालतको आदेशले विश्वकपको प्रशारण अन्योलमा परेको प्रशारण अधिकार खरिद गरेको मिडिया हबले जनाएको छ । अदालती प्रक्रियामा पूरै सम्मान रहेपनि यथास्थितिमा राख्ने आदेशले सम्पूर्ण तयारी रोकिएको उसको भनाइ छ । यसले गर्दा समयमा प्रसारण सुरु गर्न चुनौतीपूर्ण देखिएको छ ।
यसका लागि हालसम्म मिडिया हबले २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको र स्थानीय तहमा झन्डै थप ५ करोड रुपैयाँ खर्च भइसकेको बताएको छ । विश्वकप नेपालमा देखाउनका लागि झन्डै ४५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । फिफाले विश्वकपका खेलहरूको प्रसारणमा नेपालको ‘टेरिटोरी लक’ गर्ने भएकाले मिडिया हबबाहेक नेपालमा अरू कुनै पनि माध्यमबाट कतार विश्वकप हेर्न नपाइने उसको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याम्पियन्स लिगमा रियल म्याड्रिडको जित
मंसिर २६, २०८१ बुधबार
प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोल हान्यो
मंसिर २५, २०८१ मंगलबार
गण्डकी विश्वविद्यालयको आयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार