मधेश प्रदेशमा नियमविपरीत चल्ने सवारीसाधनमाथि ट्राफिक कारबाही तीव्र
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार १७:०:११
२३ कात्तिक, रौतहट । मधेश प्रदेशमा ट्राफिक प्रहरीले नियमविपरीत चल्ने सवारीसाधनमाथिको कारबाहीलाई तीव्रता दिएको छ। प्रदेशको आठ जिल्लामा ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनमाथि तिब्र रुपमा कारबाही सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय पथलैयाका प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।
प्रदेश ट्राफिक प्रमुख एसपी नान्तिराज गुरुङको निर्देशनअनुसार गरिएको कारबाहीबाट मात्र ३ महिनामा २४ लाख १८ हजार राजस्व संकलन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको छ।
चालु आवको साउन, भदौ र असोज गरी तीन महिनाको अवधिमा मधेस प्रदेशको आठवटै जिल्लामा ट्राफिक नियमविपरीत चलेका तीन हजार ७२० सवारीसाधनलाई कारबाही गरिएको थियो । उक्त कारबाहीबाट कुल २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता भण्डारीले बताएका छन ।
गत आर्थिक वर्षको सोही अवधिमा मधेसप्रदेश ट्राफिक प्रहरीले गरेको दुई हजार ९६९ सवारीसाधनको कारबाहीबाट मात्र १८ लाख ४१ हजार रुपैया राजस्व संकलन भएको थियो ।
त्यसैगरी यस आर्थिक वर्षको साउन, भदौ र असोज गरि तीन महिनाको अवधिमा प्रदेशभरिमा कुल १४ सय ५२ वटा सवारी दुर्घटना भएको छ । दुुर्घटनामा परेर कुल १३० जना मानिसको ज्यान गएको छ। मृत्यु हुनेमा ८९ जना पुरुष,२८ जना महिला,७ जना बालक तथा ६ जना बालिकाको मृत्यु भएको प्रदेश टफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकमा उल्लेख छ।
उक्त दुर्घटनामा परेर दुई हजार चारसय ५६ जना घाइते भएका छन । घाइते हुनेमा एक हजार ६२३ जना पुरुष,चार सय ६८ महिला, २३२ बालिका रहेको तथ्यांकमा उल्लेख छ। मधेश प्रदेशमा बढ्दो सवारीको संख्या,तीव्र गति, साँघुरो बाटो तथा कतिपय चालकको लापरबाहीले सवारी दुर्घटना बढेको प्रदेश ट्फिक प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा
मंसिर २४, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार