धादिङमा पाण्डेलाई सहकर्मीको चुनौति, कांग्रेस–माओवादीको भरोसा
कुसुम सेञ्चुरी
कात्तिक २४, २०७९ बिहिबार १७:३७:११
२४ कार्तिक, काठमाडौंं । कुनै बेला धादिङका एमाले नेता राजेन्द्र पाण्डेले आफूलाई धादिङका जनताले लाइन लागेर भोट हाल्ने बताएका थिए । २०६४ सालको आम निर्वाचनमा माओवादीका शालिकराम जमरकट्टेलले पाण्डेलाई हराउँदा उनले धादिङका जनताले आफूलाई जिताएको तर जमरकट्टेलको धाकधम्की र बुथकब्जाले मात्रै जितेको बताउने उनी आज उनै जमकट्टेलको आडमा त्यहाँ चुनाव लडिरहेका छन् ।
त्यतिमात्र होइन पाण्डेसँग उनकै सहकर्मीले प्रतिस्प्र्धा गरिरहँदा अहिलेको निर्वाचनमा धादिङमा रोमाञ्चक बन्दै गएको छ । गतवर्ष एमाले विभाजन भएपछि एकीकृत समाजवादीका उपाध्यक्ष भएका पाण्डे यसपटक कांग्रेस र माओवादीको बलमा चुनाव जित्ने प्रयासमा छन् । पाण्डे सत्ता गठबन्धनको सहयोगमा धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएपनि उनको प्रतिस्पर्धा भने आफ्नै पूर्वसहकर्मी तथा एमालेका निवर्तमान सांसद भूमि त्रिपाठीसँग हुनेछ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका यी दुई प्रभावशाली नेताको प्रतिस्पर्धाले धादिङको चुनावी राजनीति रोचक बनाएको छ ।
यो क्षेत्रबाट पाण्डे सातौंपटक चुनावी मैदानमा उत्रिएका हुन् । त्रिपाठीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो । यसपटक आफ्नै पूर्वनेतासँग मैदानमा उत्रिएका त्रिपाठीलाई एमालेको विरासत जोगाउनु पर्ने बाध्यता छ भने गठबन्धनसहितको मत लिएर विगतको परिणामलाई जोगाउने चुनौति पाण्डेसँग रहेको छ । २०४३ को राष्ट्रिय पञ्चायतदेखि अहिलेसम्म निर्वाचनमा सहभागी भएका राजेन्द्र पाण्डे अहिले पनि संघीय संसदको निर्वाचनमा सहभागी छन् । २०४६ को पहिलो जनआन्दोलनपछि २०४८ मा भएको आम निर्वाचनमा धादिङबाट एमालेका पाण्डेले निर्वाचन जितेका थिए । त्यतिबेला उनी ३५ बर्षका भएपनि अहिले ६६ वर्षसम्म पनि उनी चुनाव लडिरहेका छन् । त्यसयता पाण्डेले २०६४ को संविधानसभा निर्वाचनबाहेक सबै निर्वाचन जित्दै आएका छन् । साविक ३ नम्बर क्षेत्र रहेको यस निर्वाचन क्षेत्र २०७३ मा राज्य पुर्नंसंरचनापछि १ नम्बर क्षेत्र भएको हो ।
पाण्डेसँग चुनाव लडिरहेका त्रिपाठीले २०७४ को निर्वाचनमा फराकिलो अन्तरले विजयी भएका थिए । तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीले नेपाली कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले पराजित गरेका थिए । त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार रहेका त्रिपाठी ४९ हजार १२१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९६८ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा पाण्डे धादिङ–१ को प्रतिनिधिसभा अन्तर्गत प्रदेश–१ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । उनी हाल मूख्यमन्त्री समेत रहेका बेला संघीय संसदको निर्वाचन लडिरहेका छन् । देशभर नै एमालेका विरुद्ध गठबन्धन भएका कारण यसपटक पाण्डेलाई जित निकाल्न सहज हुने अनुमान गरिएको छ ।
स्थानीय तह निर्वाचन परिणाम हेर्दा एक नगरपालिका र ५ गाउँपालिका रहेको यो क्षेत्रमा एमालेले थाँक्रे र गल्छी गाउँपालिका अध्यक्ष मात्र जितेको छ । धुनिबेंसी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले जित्दा गजुरी र बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । उता सिद्धलेक गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।
५३ वडामध्ये थाँक्रेमा ५ र गल्छीमा ३, बोनिघाट रोराङमा २ र सिद्धलेकमा ३ गरी १३ वटा वडामा एमाले विजयी भएको छ । धुनिबेंसीसहित अन्य पालिकामा वडाध्यक्षविहीन बन्यो । १३ मध्ये उपप्रमुख र उपाध्यक्षमा एक सीट पनि जित्न सकेन । वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा धादिङ १ मा एमाले ३७ हजार ७७८ मतसहित पहिलो दल रहेको छ । बहुसंख्यक वडामा पराजित हुँदासमेत एमालेले लोकप्रिय मत पाएको देखिन्छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २४ हजार ९२५ मत पाएको छ । कांग्रेसको १९ हजार ४२३, नेकपा एसको ८ हजार ८३६ र राप्रपाको १ हजार २२२ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ५३ हजार १८४ रहेको छ । यो क्षेत्रमा गठबन्धनभन्दा एमाले १५ हजार ४०६ मतले पछाडि रहेको छ । स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा पाण्डेले निर्वाचन जित्ने सम्भावना बलियो देखिन्छ ।
पूर्वस्थानीय विकास मन्त्रीसमेत रहेका पाण्डे नेकपा एसका उपाध्यक्ष हुन् । उनी २०४८ साल देखि धादिङ जिल्लाबाट निरन्तर चुनावमा सहभागी हुँदै आएका छन् । पाण्डेले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा चुनावमा भाग लिएका छन् । ३६ बर्ष देखि एउटै क्षेत्रबाट चुनाव लड्दै आइरहेका उनले २०४३ को राष्ट्रिय पञ्चायत निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनबाहेक सबै चुनाव जितेका छन् । एमाले पार्टी विभाजन गर्न मुख्य भूमिका निर्वाह गरी वागमती प्रदेशको मुख्यमन्त्री बनेका पाण्डे एमाले धादिङका संस्थापक नेता हुन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ मलेखुमा जन्मेका त्रिपाठीले गजुरीको तत्कालीन आदर्श माध्यमिक विद्यालयमा २०३६ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । काठमाडौंमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा अनेरास्ववियुमै सक्रिय रहे । त्रिपाठी नेपाल ल क्याम्पसको स्ववियु सचिवसमेत बनेपछि २०५४ मा पार्टी विभाजन भएपछि त्रिपाठी धादिङमै बसेर सक्रिय राजनीतिमा होमिएका थिए । २०५४ सालमा एमालेको सदस्य भएका त्रिपाठी २०६० सालमा एमाले धादिङको सचिव र त्यसपछि उपाध्यक्ष हुँदै २०७२ सालमा नेकपा एमाले धादिङ जिल्ला अध्यक्ष बनेका हुन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार