यो चुनावमा ओलीले लुट र भ्रष्टाचार गरेर ल्याएको पैसाको खोलो बगाइरहेका छन: माधव नेपाल
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार १८:२४:४५
२४ कात्तिक, काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले आगामी मंसिर ४ मा हुनगइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाएका छन् । उनले सत्तामा रहँदा ओलीले लुटेर र भ्रष्टाचार गरेर जम्मा गरेको पैसा अहिले निवार्वचनमा वितरण भइरहेको दावी गरेका छन् ।
बिहीबार विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका नेता–कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा स्वागत गर्दै अध्यक्ष नेपालले ओलीमा अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हाबी भएपछि आफूले विद्रोह गर्नुपरेको बताए । उनले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउदै एमालेको आम्दानीको स्रोत भनेको लुट र भ्रष्टाचार रहेको बताए ।
उनले अध्यक्ष ओलीलाई टक्कर दिएपछि बहुलाएर बर्बराउँदै हिँडेको टिप्पणी गरे । ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेका बेलामा आफूले टक्कर दिएर सरकार ढालेको अध्यक्ष नेपालको भनाइ छ । सरकार ढलेपछि अहिले ओलीले उट्पट्याङ कुरा गरिरहेको भन्दै उनले उनका उट्पट्याङ कुराको संकलन गर्नुपर्ने बेला भएको उल्लेख गरे । ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्नेसँग साँठगाँठ गरेको आरोप नेपालको छ ।
उनले ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेको आरोप लगाउँदै यसअघि ओलीलाई कसैले पनि टक्कर दिन सक्दैन भन्ने गरेपनि आफूले टक्कर दिएर देखाएको बताए । ‘टक्कर दिइसकेपछि अहिले तपाईंहरुले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, के के बोल्छन् । बर्बराएको के के उट्पट्याङ कुरा गर्छन’, अध्यक्ष नेपालले ओलीले बोलेका सबै कुराको संकलन निकाल्नुपर्ने बताए । उनले भने, ‘के के बोले अहिलेसम्म ? के–के गाली गलोजको भाषा प्रयोग गरे त्यो सबै ।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीका कुरा सबै झुठा हुने गरेको भन्दै आक्रोश, बदलाको भावना, अरुलाई अपमानित गर्ने प्रवृति र आफुलाई सर्वश्रेष्ठ ठान्ने प्रवृति पहिलेका तानाशाही शासकहरुमा जस्तै ओलीमा पनि रहेको बताए । ‘त्यही भएकाले एमालेले स्थानीय तह निर्वाचनमा ठूलो धक्का खाएपछि अहिले आएर ओलीले दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेका छन्’, अध्यक्ष नेपालको भनाइ छ ।
उनले भने, ‘ओलीको अरूलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्यभन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानासाहीमा यो प्रवृत्ति थियो । त्यही प्रवृत्तिका वाहक ओली बन्न पुगे । आज उनले चुनावमा गरिरहेको खर्च हेर्न त, अर्बौँअर्ब कहाँबाट ल्याए, उनको पार्टीमा पैसा फल्ने रुख छ ? आम्दानीको स्रोत के हो ? लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार