विप्लवले आज र लिङदेनले भोलि काठमाडौंमा सभा गर्दै
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार १९:१२:४
२४ कात्तिक, काठमाडौं । राजेन्द्रकुमार लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा चुनावीसम्बन्धी सभा गर्दैछन् । राप्रपाले गर्ने सभा चुनावको प्रचारकै सिलसिलामा हो भने नेकपाले गर्ने सभा चुनाव बहिष्कार अभियान अन्तर्गत हो ।
राप्रपाले आमसभा नाम दिएको छ भने नेकपाले भण्डाफोर सभा भनेको छ । नेकपाले रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे भण्डाफोर सभा गर्दैछ । सभालाई सम्बोधन गर्न नेकपा महासचिव विप्लव सहभागी हुने छैनन् । चुनाव बहिष्कार अभियानको नेतृत्वकर्ता भएकाले सुरक्षाको खतरा रहेको जनाउँदै पार्टीले उनको सट्टा पार्टी प्रवक्ता प्रकाण्डलाई वक्ता तोकिएको छ ।
गएको वैशाखमा सम्पन्न स्थानीयको तहको चुनावमा भाग लिएको नेकपाले योपटकको चुनावमा भने भाग नलिई बहिष्कारमा जाने निर्णय गरेको छ ।
दुवै पार्टीले सभा शुरु हुनुपहिले विभिन्न स्थानबाट जुलुस निकाल्नेछन् । राप्रपाको आमसभा भने भोलि शुक्रबार बसुन्धाराचोकमा हुँदैछ । आमसभालाई अध्यक्ष लिङदेनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार