ललितपुर ३ मा त्रिपक्षीय भिडन्त : पम्फा र अमृतलाई ताेसिमा चुनौती
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २२:५:११
२४ कात्तिक, ललितपुर । ललितपुर क्षेत्र नं. ३ मा त्रिपक्षीय भीडन्त हुने भएको छ । नेकपा (माओवादी केन्द्र)की उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा खटिरहेकी छन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ ।
गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् । लामो समय ललितपुुरमा बसेर राजनीतिक गर्दै आएकी भुसालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेकी छन् । ललितपुरको सम्पदा संरक्षण, पाटीपौवा निर्माण तथा नेवार समुदायका मौलिक परम्परा जोगाउन भुसालले सहयोग गर्दै आएकी छन् । भुसाल चारपटकसम्म मन्त्री र दुईपटक सांसद बनिसकेकी छन् ।
यसपटकको चुनावमा भुसालसँग एमाले अमृत खड्का चुनावी मैदानमा छन् । उनी सैंवु गाविसका पूर्वअध्यक्ष पनि हुन् । व्यापारिक पृष्ठभूमिका खड्का एमालेको जिल्ला कमिटीमा बसेर काम गरेका छन् । तत्कालीन सैंबु गाविस अध्यक्ष बनेपछि केही समय व्यवसाय र समाजसेवामा बिताएका खड्काको यो पहिलो उम्मेदवार अनुभव हो । उनी यसपालि मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनी राजनीतिमा नयाँ अनुहार हुन् । मेडिकल फिल्डका उनकाे राजनीतिक माहाेलमा भिज्ने अभ्यास चुनावबाटै हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनी राजनीतिमा नयाँ अनुहार हुन् । मेडिकल फिल्डका उनकाे राजनीतिक माहाेलमा भिज्ने अभ्यास चुनावबाटै हुँदैछ ।
ललितपुर–३ को धेरै भूभाग सहरी, थोरै भूभाग ग्रामिण भेगमा पर्छ । ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ छ ।
स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले जितेको थियो । महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार