मैले अत्यधिक मतले चुनाव जित्छु, काठमाडौं– ५ लाई स्वर्ग बनाउँछु : प्रदीप पौडेल
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २१:५५:१
२४ कात्तिक, काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडलको चर्चा दिनानुदिन बढीरहेको छ । प्रदीपको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ । पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल भनेर चिनाउनुपर्ने अवस्था छैन ।
प्रदीपलाई पार्टीको मत जोगाउन कुनै चुनौती देखिँदैन । सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णिम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन् । यता विगतमा ईश्वरलाई नै पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच प्रदीपको प्रचारमा जुटेका छन् ।
संघीय सांसद र स्थानीय तहबीच समन्वय हुन सकेन भन्ने गुनासो, अति सामान्य काम पनि भएन भन्ने गुनासो र जितेर गएका व्यक्ति फर्केर आएनन् भन्ने गुनासो त्यस क्षेत्रका मतदाताहरूले गरेको उनले बताए । सोही क्षेत्रबाट प्रदीपसँग चुनावी मैदानमा नेकपा एमालेका नेता इश्वर पोखरेल र स्वतन्त्र उम्मेद्धवार रञ्जु दर्शना पनि रहेका छन् ।
चुनावको दिन नजिकिँदै गइरहेका बेला यहाँको परिणाम कस्तो आउला भन्ने चासो आम मतदाताको बढीरहेको छ । काठमाडौं– ५ मा काठमाडौं महानगरपालिकाका वडा २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका वडा ३,४,५,६ र ७ का साथै टोखा नगरपालिकाका २,३,४,५, ६ र ७ वडाहरू पर्छन् ।
यी क्षेत्रमा बढी मात्रामा बाहिरी जिल्लाबाट बसाइँ सरेर आएको जनसंख्या बढी छ । एकातर्फ दोलखा, रामेछाप, ओखलढुंगामा पुरानो घर भएका अर्कोतर्फ तनहुँ, लम्जुङ, कास्की । त्यस्तै नुवाकोट, धादिङलगायतका जिल्लाबाट बसाइँ सरेर आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार