मोरङ २ का उम्मेदवारः मतदातालाई सिकाउँदै, प्रतिबद्धता जनाउँदै
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २२:१४:२३
२४ कात्तिक, विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा मतदाताले मतपत्रमा स्वस्तिक चिह्न भएको छाप नै लगाउनुपर्ने जानकारी मतदातालाई दिनुपर्ने भएको छ । विगतमा मतदान केन्द्रमा स्वस्तिक चिह्न बेगरको छाप मतपत्रमा देखिएकाले अहिले यससम्बन्धी जानकारी मतदातालाई दिनुपर्ने अवस्था रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
एक मतदाताले प्रतिनिधिसभा सदस्य र प्रतिनिधिसभा समानुपातिक तथा प्रदेशसभा सदस्य र प्रदेश समानुपातिक गरी चार छाप लगाउनुपर्ने शिक्षा राजनीतक दल, दलका प्रतिनिधि तथा उम्मेदवारहरुले मतदातालाई दिनुपर्र्ने निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले जानकारी दिए ।
मोरङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार यही सन्देशसहित मत माग्ने कार्यमा व्यस्त देखिन्छन् । मोरङ निर्वाचन क्षेत्र नं २ शतप्रतिशत किसान भएको क्षेत्र हो । परम्परागत कृषि प्रणालीले किसानको जीवनस्तरमा परिवर्तन नआएपछि कृषिमा आधुनिकीरण गर्नुपर्ने, बीउबिजन, सिँचाइ, बजारको व्यवस्थापनको राम्रो प्रबन्ध हुनुपर्ने किसानको माग छ ।
यहाँ सीपमूलक एवं प्राविधिक शिक्षा, प्रसूतिगृह, आधारभूत आवश्यकतासहित स्वास्थ्य केन्द्र, युवा र महिलालाई स्वरोजगारमा उत्साहित बनाउन सीप, पुँजी र प्रविधि दिनुपर्ने माग यो क्षेत्रका जनताले गरेका छन् । रतुवामाई, बक्राहा, डाँस खोला, चिस्याङ र लोहन्द्रा खोला प्रभावित यो क्षेत्र पूर्वपश्चिम भए पनि नदीमा पुल नभएकाले जनता पूर्वपश्चिम ओहोरदोहोर गर्न सकेका छैनन् । जनतालाई सुविधा प्रदान गर्न यी नदीहरुको नियन्त्रण एवं व्यवस्थापन तथा पुल बनाउनुपर्ने चाहना जनताले राखेका छन् ।
यी खोलालाई नियन्त्रण एवं व्यवस्थापनमा राज्य कोषबाट अरबौ रकम खर्च भइसकेको छ तर पनि वर्षात्का समयमा नदीमा आउने बाढी र कटानबाट जनता ढुक्क हुन सकेका छैनन् । रंगेली नगरपालिका प्रमुख दिलीप बगडियाले आफू नगर प्रमुखमा निर्वाचित भइसकेपछि यहाँका सडकको स्तरोन्नति गर्न दिनरात मेहनत गरेको बताए । यस क्षेत्रमा सुकुम्बासी समस्या अत्यधिक रहेकाले त्यसको समाधानमा पनि आफू लागेको उनको भनाइ छ ।
यस क्षेत्रमा नागरिकता समस्या पनि गम्भीर छ । परापूर्वकालदेखि बस्दै आएका सन्थाल, बाँतर, कृषि समुदाय नेपाली नागरिक भएर पनि नागरिकताबाट बञ्चित भएका छन् । यस्तै नागरिकको पहिचान गरी स्थानीय पालिकाबाटै सिफारिस गराएर नागरिकता दिनुपर्ने खाँचो रहेको उनले बताए ।
वाम लोकतान्त्रिक गठबन्धन तथा नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार सुजाता कोइरालाले महिला सशक्तीकरणका लागि महिला लघुउद्यम सञ्चालनमा ल्याउने, पूर्वाधारको विकास गरी यहाँ बक्राहा, लोहन्द्रा, चिस्याङ र दन्स खोलाको नियन्त्रण एवं व्यवस्थापनमा ध्यान दिने, क्षेत्रमा नमुना विद्यालय, स्वास्थ्य सेवा, रोजगारीका समस्या समाधान गर्नेजस्ता प्रतिबद्धतासहित मत माग्ने गरेकी छन् ।
यही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार नेकपा एमाले ऋषिकेश पोखरेलले यो क्षेत्र हरेक हिसाबले पछि परेको भन्दै नेता र मन्त्री एवं प्रधानमन्त्री उत्पादन गर्ने यो क्षेत्रको विकासमा राज्यको ध्यान नगएकामा चिन्ता व्यक्त गरे । उनले यस क्षेत्रका नागरिकको समस्या र दुःख आफूले बुझेकाले आफू निर्वाचित भएमा नीतिगत तथा व्यावहारिकरुपमा राज्यलाई दवाव दिएर जनताका समस्या समाधान गराउने प्रयत्न गर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार गोपाल दाहालले यस क्षेत्रमा अहिले पनि मलको हाहाकार रहेकाले चुनावी प्रचारप्रसारका क्रममा किसानबाट व्यापक गुनासो आएको बताए । रंगेली नगरपालिका वडा नं ८ स्थित सखुवाथान चोकमा साझा संस्थामा ५० बोरा मल छ, संस्थाले छ सय कुपन बाँडेको छ । एक हजार पाँच सय जना किसान मल लिन भीड लागेका छन्, मल नपाएर उम्मेदवारले किसानबाट लखेटिने अवस्था सिर्जना भएको उनले बताए ।
कूल मतदाता एक लाख २४ हजार सात सय २९ र ६८ मतदानस्थल तथा एक सय ५१ मतदान केन्द्र रहेको यस क्षेत्रमा केराबारी गाउँपालिकाका सबै वडा, मिक्लाजुङ गाउँपालिकाका वडा नं १, ४ र ५ तथा लेटाङ नगरपालिकाका सबै वडा पर्दछन् । अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजाल निर्वाचित यो क्षेत्रमा अहिले नेपाल मजदुर किसान पार्टीका सुरेश कवाँसहितका उम्मेदवार यस क्षेत्रमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार