कर्णालीका प्रत्यक्ष महिला उम्मेदवार गोमा र कुन्तीलाई चुनाव जित्न कति सहज ?
नेपालबहस संवाददाता
कात्तिक २४, २०७९ बिहिबार २२:५७:४४
♦ शुरबहादुर सिंह
२४ कात्तिक, कर्णाली । पौराणिक पात्रमा आधारित नाम गोमा र कुन्ती आफैँमा सुसंस्कृत र परिचित नाम हुन् । हरेक परिवारले आफ्नो नवआगन्तुक सन्तानलाई समाजले यस्तै पौराणिक नामले चिनोस्, कामले चिनोस् भन्ने अपेक्षा राखेर नामाङ्कन गर्ने गरिन्छ । सम्भवतः त्यो संयोग गोमा र कुन्तीको परिवारमा जुरेको हुन सक्छ ।
अहिले ती दुवै पात्रले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । चुनावको दिन मङ्सिर ४ गते आउन अब १० दिनमात्र बाँकी छ । गोमा गौतम ‘कुँवर’ प्रतिनिधिसभा सदस्यका लागि नेकपा ‘माओवादी केन्द्र’ जुम्लाको महिला प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ भने कुन्तीकुमारी शाही राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ बाट दैलेख क्षेत्र नं १ को प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ ।
कर्णालीमा प्रतिनिधिसभातर्फ १२ निर्वाचन क्षेत्र छन् । त्यसमा विभिन्न पार्टी र स्वतन्त्र गरेर ७६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । विगतदेखिको विरासत बोकेका पार्टीमध्ये कर्णालीमा माओवादी र राप्रपाले बढी न्याय गरेको छ । नेपाली कांग्रेस र नेकपा ‘एमाले’का महिला नेत्रीहरुले भने टिकट पाउन सकेका छैनन् ।
संविधानमा ३३ प्रतिशत महिलाको सहभागिता राज्यका सबै निकाय हुनुपर्ने व्यवस्था भएपनि ठूला पार्टीबाट कर्णालीमा गौतम र शाही मात्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष उम्मेदवारमा मुस्किलले अटाउन सके । वर्गका हिसाबले महिला भए पनि दुवैको राजनीतिक र धार्मिक आस्था एकआपसमा ठीक विपरीत छ । उनीहरु दुवै राजीतिकरुपले पनि प्रतिस्पर्धी मानिन्छन् ।
गोमा कम्युनिष्ट विचारधारमा विश्वास गर्छिन भने कुन्तीे हिन्दूवादी सनातन धर्ममा । मालेवादलाई अँगालेका गौतम र राजसंस्थालाई आस्थाको धरोहर ठान्दै आएका शाही फरक पार्टीका पुरुष उम्मेदवारसँग भिडन्त गर्दै छिन । जहाँ दुवैका लागि चुनावमा बिजयी हुनु त्यति सजिलो छैन । सिङ्गो कर्णालीका निम्ति महिला नेतृत्वमा आउने कुरामा अन्याय गरे पनि आफूहरुको सवालमा न्याय दिलाइएको दुबैको भनाइ छ ।
जुम्लाका गौतम प्रतिनिधिसभा सदस्यका उम्मेदवारद्वय एमालेका रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का ज्ञानबहादुर शाही र नेमकिपाका डिल्लीप्रसाद काफ्लेसँग प्रतिस्पर्धा गर्दै छन । श्रमजीवि र महिला वर्गको मुक्ति आन्दोलन गर्दै हाल माओवादीका केन्द्रीय सदस्य रहेकी गोमा जुम्लाका माओवादी र अहिलेको गठबन्धनको साझा उम्मेदवारका हिसाबले बलियो नै देखिन्छिन ।
स्थानीय तहको निर्वाचन, २०७९ को मतपरिणामलाई नियाल्दा जुम्लामा कांग्रेसको १६ हजार ७५ मतसङ्ख्या छ भने नेकपा ‘माओवादी केन्द्र’को १४ हजार एक सय ७५ छ । एमालेको छ हजार नौ सय ६२, नेकपा ‘एकीकृत समाजवादी’को छ हजार एक सय ९५ र राप्रपाको पाँच सय १४ मत छ ।
पछिल्लो समयमा समाजवादी नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । गठबन्धन दलभित्रका दुई दल कांगे्रस र माओवादीको मत जोड्दा मात्र ३० हजार छ । साठी प्रतिशत मत गठबन्धनका पक्षमा आउने भएकाले जीत सुनिश्चित भएको उम्मेदवार कुँवर बताउछन ।
ठूला दलबाट एक्लो महिला उम्मेदवार बनेकी उनी यतिबेला मतदाता भेटघाटमा व्यस्त नै छन । चिसोसँगै गाउँमा आफूहरुले मत माग्दा विपद् पीडित जुम्लाबासीले बाढीले बगर बनेका जमिन पुनःनिर्माण र सीप तथा आयआर्जनमूलक कार्यक्रम हाल्न माग गरेको उम्मेदवार कुँबर बताउछन ।
जुम्ला माओवादी एक्लैले जित्ने आधार क्षेत्र भएकामा गठबन्धनले झनै आफ्नो जित सुनिश्चित गराएको उनको भनाइ छ । कुँबर भन्छन “हामीले गरेको विद्रोह र आन्दोलनको उपलब्धि हो आजको व्यवस्था र महिला उम्मेदवार हुने अवसर पनि हो । अहिले महिलासहित दलित, आदिवासी÷जनजाति, पिछडिएको, अल्पसङ्ख्यक, सिमान्तकृत सबैले राज्यको सबै निकायमा अधिकारका रुपमा अनिवार्य सहभागिता जनाउँदै आएका छन् । यो व्यवस्था ल्याउनुमा माओवादीको पहिलो भूमिका छ ।”
व्यवस्था परिवर्तनमा सशक्त भूमिका निर्वाह गर्ने माओवादी, मुलुकलाई शान्ति प्रक्रिया लैजान योगदान पु¥याउने कांग्रेस र व्यवस्था बदल्न तथा शान्ति प्रक्रिया लैजान मध्यस्थकर्ता एवं सहजकर्ताको महत्वपूर्ण ऐतिहासिक अभिभारा पूरा गर्ने नेकपा ‘एकीकृत समाजवादी’लगायतको गठबन्धन दलका सबै उम्मेदवारका पक्षमा मतदान हुने र त्यसमा गठबन्धनले विजय हासिल गर्नेमा पूर्ण विश्वस्त रहेको उनको जिकिर छ ।
त्यस्तै दैलेखमा राप्रपाबाट प्रत्यक्ष उम्मेदवार बनेकी शाही गठबन्धन दलसहित एमालेका पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन । राप्रपाको महामन्त्रीसमेत रहेकी उनलाई चुनाव जित्नु फलामको च्यूरा चपाउनु जस्तै छ । उनले गठबन्धन दलका साझा उम्मेदवार अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मासँग प्रतिस्पर्धा गर्दै छन ।
स्थानीय तहको चुनावको मतपरिणामलाई हेर्दा कांग्रेसको २० हजार तीन सय ४४, एमालेको १९ हजार ६१, नेकपा ‘एकीकृत समाजवादी’को पाँच हजार पाँच सय २९, माओवादीको तीन हजार एक सय ७५ र राप्रपाको ९७६ मतसङ्ख्या रहेको छ ।
उक्त मतपरिणामलाई हेर्दा शाहीको चुनावी प्रतिस्पर्धा सहज नभए पनि पछिल्लो समयमा आफ्नो दल र आफूले उठान गरेको जनताका प्रत्यक्ष जीवनसँग जोडिएका मुद्दा तथा पूर्वाधार विकास योजनाको २१ बुँदे प्रतिबद्धतापत्रले जीत सुनिश्चित रहेको उनको जिकिर छ । शाही भन्नुहुन्छ, “गठबन्धन दल र एमालेले स्थानीय तहको मतपरिणामलाई आधार बनाएका छन् । उनीहरुका ती पुराना सपना सबै ध्वस्त हुनेछन् ।”
सबै गर्छौं भनेर स्नातक पढेका युवालाई समेत भारत जान बाध्य बनाउने ठूला दलप्रति जनताको नैराश्यता र आक्रोश दुवै भएको उनको भनाइ छ । दैलेखलाई आत्मनिर्भर बनाउने, दलित, महिला र विपन्न वर्गलाई उत्पादन र सीपसँग जोड्ने र सुर्खेत–दैलेख–महावु–कालीकोट हुँदै जुम्ला जोड्ने सडक निर्माण गर्ने प्रतिबद्धता नै आफ्नो जीत सुनिश्चितको प्रमुख आधार भएको उम्मेदवार शाहीको तर्क छ ।
राजनीतिक विश्लेषक पीताम्बर ढकाल पछिल्लो समयमा जनतामा बढ्दै गएको राजनीतिक चेतना र पार्टीको विगतको विरासतले उम्मेदवारको जीत हारमा प्रमुख भूमिका निर्वा गर्ने उल्लेख गर्छन । उनी भन्छन, “जुम्लामा गोमा गौतम ‘कुँवर’ गठबन्धनको साझा उम्मेदवार र मतदातामा बढेको राजनीतिक चेतनाले दैलेखमा कुन्ती शाहीको जिकिरलाई अस्वाभाविक ठानिदैन । यद्यपि राप्रपाको साङ्गठानिक मत धैरै देखिँदैन ।”अहिले दुवै नेतृले ढुक्कका साथ आआफ्नो जीत सुनिश्चित हुने जिकिर गर्दै आएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय ब्यापारी गौतम अडानीमाथी बंगलादेशले पनि छानबिन गर्ने
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार