सिन्धुलीमा एमालेको २५ बर्षे बर्चश्व तोड्ने कांग्रेसको दाउ
नेपालबहस संवाददाता
कात्तिक २६, २०७९ शनिबार १४:५०:२२
२६ कात्तिक, काठमाडौं । मंसिर ४ को मिति जति नजिक आउदैछ चुनावी सरगर्मीपनि तिब्र गतिमा बढेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर सरगर्मी बढेको बेला सिन्धुली क्षेत्र नम्बर १ मा पनि यसको प्रभाव देखिन थालेको छ । विगतभन्दा यसपटक क्षेत्र १ तर्फ प्रतिनिधिसभामा रोचक प्रतिस्पर्धा हुने भएको छ ।
२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सोही प्रदेशको ख मा प्रतिस्पर्धा गरेको नेपाली कांग्रेसका श्यामकुमार घिमिरे र नेकपा एमालेबाट प्रतिस्पर्धा गरेका प्रदिप कटुवालबीच प्रतिनिधिसभामा प्रतिस्पर्धा हुने भएपछि निर्वाचन रोचक मोडमा पुगेको हो । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्यामकुमार घिमिरे नेकपा एमालेको २५ वर्षे विरासतलाई यसपटक तोडेर आफू सांसद बन्ने दौडमा छन् । गत ०७४ को निर्वाचनमा हालका प्रतिनिधिसभाका उम्मेदवार काँग्रेसका घिमिरेलाई हराउदै प्रदेशसभा सदस्य बनेका प्रदिप कटुवाल पुन घिमिरेलाई हराएर जित्ने दाउमा छन् ।
दुबै उम्मेदवार मतदातामाझ आश्वासन बाड्न व्यस्त छन् । गठबन्धन तर्फबाट उम्मेदवार बनेका घिमिरे र नेकपा एमालेले २५ वर्ष गर्न नसकेका काम आफू पाँच वर्षमै गर्ने मतदातामाझ बताइरहेका छन् । ‘म नेकपा एमालेको लामो समयदेखिको विराशत भत्काउछु, उनले भने, एमालले यस क्षेत्रमा २५ वर्षदेखि गर्न नसकेका काम म निर्वाचित भएपछि पाँच वर्षमै गरेर देखाउछु ।’
गठबन्धन भित्र अन्तरघात नभए यस क्षेत्रमा यसपटक एमालले २५ वर्षदेखि कायम गरेको विराशत भत्कन सक्ने बताइएको छ । यस्तै नेकपा एमालेका उम्मेदवार कटुवालले सरकारले मंहगी बढाउने र भ्रष्टचारलाई बढाउन सहयोग गर्ने काम गरेको आरोप लगाउदै यो सरकारबाट जनचाहना अनुसारको विकास निर्माण नहुने भएकाले आफूलाई मत दिन मतदातामाझ आग्रह गरेर गाउँ शहरमा मत मागिरहेका छन् । उनले मतदातालाई आफू निर्वाचित भए विकास हुने आश्वासन दिइ रहेका छन । ‘मैले प्रदेशसभा सदस्य भएर थालनी गरेको धेरै अधुरा काम छन्, ति कामलाई पुरा गर्न म उम्मेदवार भएको हुँ’,उनले भने । यस क्षेत्रमा दुई प्रदेशसभा क्षेत्र छन् । गठबन्धनका तर्फबाट सिन्धुली क्षेत्र नं. १ का प्रदेश क मा माओवादीका मातृका भट्टराई चुनावी मैदानमा छन् भने एमालेबाट सुवास देवकोटा चुनावी मैदानमा होमिएका छन् । यस्तै प्रदेश ख मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामुकमार पहाडीको र एमालेबाट कुमारबहादुर कार्कीको प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेदवारलाई घरदैलो कार्यक्रम गर्न भ्याइनभ्याई भएपनि मतदातामा भने खासै रौनक देखिएको छैन । मतदाता खेतबारीकै काममा व्यस्त भएकाले रौनक नदेखिएको स्थानीय बताउँछन्। उम्मेदवारले निर्वाचनका बेला घरदैलोमा आएर दिएका आश्वासन मतदाताले पत्याउदैनन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा २ लाख ८ हजार ३ सय ६९ जना मतदाता रहेका छन् ।
१ सय ५१ मतदान स्थलमा २ सय ६७ स्थाई मतदान केन्द्र छन् । यस्तै दुई ओटा अस्थाई मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । दुवै निर्वाचन क्षेत्रमा यसअघि वामपन्थी उम्मेदवारले निर्वाचन जितेका थिए । एमालेका गणेश पहाडी र माओवादीका हरिबोल गजुरेलले यसपटक टिकट पाएका छैनन । पहाडीले टिकट नपाएपनि उनी मत माग्न हिडिरहेका छन् । तर गजुरेल भने माओवादीको उम्मेदवारसँग मत माग्न हिडेका छैनन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार