हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, गुम्न दिन्नौँ : वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
कात्तिक २६, २०७९ शनिबार २०:८:११
२६ कात्तिक, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले जनताको हातमा आएको अधिकार गुम्न नदिने बताएका छन् । तनहुँको भानु नगरपालिका–६ बरभञ्ज्याङमा आज आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले बलिदान र त्यागबाट निर्माण भएको संविधानले दिएको अधिकार गुम्न नदिने उल्लेख गरे ।
संविधान र लोकतन्त्रको विरुद्ध षड्यन्त्र भइरहेको भन्दै वरिष्ठ नेता पौडेलले भने, “हामीले बनाएको संविधान दक्षिण एसियामै उत्कृष्ट छ, यसले सबै वर्गलाई अधिकार दिएको छ, यो अधिकार गुम्न दिन्नौँ ।” पौडेलले संविधान रक्षाकै लागि अहिलेकोे गठबन्धनको गठन भएको भन्दै यसलाई पछिसम्म लैजाने बताए।
पौडेलले जिल्लामा विकासका कामले पूर्णता नपाएकाले राजनीति छाड्न नसकेको उल्लेख गरे । विसं २०७४ को निर्वाचनमा आफूले चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउँदै पौडेलले भने, “गठबन्धन सरकार बनेपछि तनहुँमा विकासको योजनाले पुनः गति लिन थालेको छ । बुद्धसिंमार्ग, मादी मस्र्याङ्दी सडक, शालिग्राम मार्गका लागि बजेट विनियोजन भएको छ ।”
“मसँग सपना छन्, योजना छन् र त्यसलाई पूरा गर्ने सङ्कल्प छ”, पौडेलले भने । देश विकास र सुशासनका गठबन्धन प्रतिबद्ध रहेको बताउँदै पौडेलले देशमा परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको बताए । जनतामा व्याप्त निराशा हटाउन सुशासनको खाँचो रहेको औँल्याउँदै पौडेलले भने, “बहुदल आएपछिका दिनमा गाउँ–गाउँमा आधुनिक सुविधाका पूर्वाधार पुगेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार