प्रदर्शनको तेस्रो सातामा पनि महापुरूष हाउसफुल, सात करोड चार लाख ग्रस कलेक्सन
नेपालबहस संवाददाता
कात्तिक २६, २०७९ शनिबार २०:२९:२८
२६ कात्तिक, काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ । फिल्मले शनिवार विहान काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल व्यापार गरेको छ । प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ । यो फिल्म नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ ।
फिल्मलाई अमेरिकामा नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ । डलासबाट सुरु भएको फिल्मले रेगुलर शोमै दर्शक पाइरहेको नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले जानकारी दिए ।
उनले नेपाली भाषी रहेको अमेरिकाको हरेक सहरमा फिल्म प्रदर्शन गर्ने जानकारी दिएँ । ‘फिल्मको डिमाण्ड बढ्दो छ । स्थानीय फिल्म रिलिज हुँदा समेत हामीले हल पाइरहेका छौँ । जबकि यहाँ प्राइभेट नभई नेपाल झैँ सिधै टिकेर काटेर फिल्म हेर्ने मिल्ने गरी शो गरिरहेका छौँ’,उनले भने ।
वितरक सुवेदीका अनुसार डलासमा मात्र नोभेम्बर १० सम्ममा ६९ शो भइसकेको छ भने एटलान्टा, जर्जिया बाल्टिमोर, मेरिल्याण्ड र नर्थ क्यारोलिना, लस एन्जलस, डेनभर, एक्रोन, ह्युस्टन, अस्टिन जस्ता सहरमा समेत प्रदर्शन भइरहेको फिल्म ’महापुरूष’ को एक सय ४७ शो भइसकेको छ । विदेशी फिल्मकै शैलीमा प्रदर्शन भइरहेको पहिलो रहेको सुवेदीले बताए ।
यसले नेपालमा तेस्रो सातामा मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा एक शो, भक्तपुरमा रहेको क्युएफएक्समा तीन शो, लबिम मलमा चार शो, सिभिल मलमा तीन शो, ठमेलमा रहेको छायाँ सेन्टरमा एक शो दिएको छ ।
क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा एक शो, वुटवलमा दुई शो, दमौलीमा एक शो, नारायणघाटमा रहेको जलमामा दुई शो, विराटनगरमा एक शो, विर्तामोडमा दुई शो दिएको छ । काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा एक शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा एक शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा एक शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा दुई शो रहेको छ ।
बानेश्वरमा रहेको वान सिनेमाजमा दुई शो र कालिमाटीमा दुई शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा तीन शो र बुटवलमा रहेको आइएनआइमा तीन शो दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशभर सञ्चालित चलचित्र भवनको सूची सार्वजनिक
मंसिर १९, २०८१ बुधबार
पुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
रत्नेचौर–भकुण्डे–भकिम्ली सडकको ७० प्रतिशत प्रगति
मंसिर २६, २०८१ बुधबार
काभ्रेका बाढीपहिरो पीडितको कष्टकर छ जीवनशैली
मंसिर २६, २०८१ बुधबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार