स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउन मतदाता आफैं जुटे घरदैलोमा

आबिद हुसेन
कात्तिक २६, २०७९ शनिबार २१:९:२६

२६ कात्तिक, बीरगञ्ज । प्रदेशसभाका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई विजयी बनाउन भन्दै बीरगञ्जको वडा नम्बर २४ का मतदाता आफैं अग्रसर बनेर घरदैलोमा जुटेका छन् । शनिबार बिहानैबाट स्थानीय मतदाताहरु वडा नम्बर २४ रामगढवाको घरघरबाट जम्मा भएर सिंहको पक्षमा मतदानको आह्वान गर्दै घरदैलो अभियानमा सहभागि भएका हुन् ।
पर्साको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहको पक्षमा मतदानको आह्वान गर्दै मतदाता स्वस्फूर्त घरघरबाट निस्किनुले उनको जित निश्चित देखिएको स्थानीय बताउँछन् । दलीय गठबन्धनका उम्मेद्वारले केही गर्न नसक्ने भन्दै स्थानीयले अब काठमाडाैंमा स्वतन्त्र उम्मेद्वार विजयी हुँदा भएका काम जस्तै यहाँ पनि स्वतन्त्र उम्मेद्वारी दिएका सिंहलाई विजयी बनाए आफ्नो क्षेत्रले फड्को मार्ने विश्वास लिएका छन् ।
बिहानैदेखि घरदैलोमा निस्किएका सिंहले स्थानीयको प्रतिकृया, सुझाव लिनुका साथै आफ्ना प्रतिबद्धता पनि मतदातासामु राखेका थिए । आफू निर्वाचित भए जनचाहना बमोजिम नै काम गर्ने भन्दै उनले अहिले पनि जनताकै बीचमा रहेर सेवा गरिरहेको बताएका थिए ।
चुनावका बेला मात्रै अनुहार देखाउनेलाई नभई हरसमय जनताकै माझ रहनेलाई चुनाव जिताएर पठाउन उनको आग्रह थियो । घरदैलो अभियानमा अग्रज, युवा, महिला, बुद्धिजिवि लगायतको सहभागिता थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार