निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार १७:१५:१८
२७ कात्तिक, जनकपुरधाम । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।
खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा सीमा वारपारको सम्बन्ध, दशगजाको अतिक्रमण, दशगजाको व्यवस्थापन, दुई पक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको प्रजिअ पौडेलले बताए। बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले र भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गरेका थिए ।
नमूना मतदानमा १० प्रतिशत मत बदर
आसन्न प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका–१४ मा गरिएको नमूना करिब १० प्रतिशत मत बदर भएको छ ।
मतदाता शिक्षा कार्यक्रमअन्तर्गत समग्र विकास सेवा केन्द्रले आयोजना गरेको नमूना मतदानमा खसेको ५५ मतमध्ये पाँचवटा मत बदर भएको समग्र विकास सेवा केन्द्रका सम्झनाकुमारी राउतले जानकारी दिए।
मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउँदै विगतमा हुने मत बदर सङ्ख्यामा न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सो वडाका मतदातालाई सही तरिकाले कसरी मतदान गर्ने, मतपत्रलाई कसरी पट्याउनेलगायतका विषयमा सहजीकरण गरिएको राउतले बताए ।
मतदातालाई समग्र विकास केन्द्रका सहजकर्ता सम्झना राउत, आरती यादव र आर्थी पासवानले घर–घरमा पुगी मतदातालाई निर्वाचन आयोगले तयार पारेको सामग्री फिपकार्ड, ब्रोसरको प्रयोग गरी मतदान गर्ने, मतपत्र पट्याउनेलगायतका बिषयमा सहजीकरण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार