रोल्पाको चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवा र प्रचण्ड होलेरी जाने
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार १८:१५:३२
२७ कात्तिक, काठमाडौं । आमनिर्वाचन नजिकिदै जादा दलका शिर्ष नेताहरुको चुनावी प्रचारप्रसार अभियान पनि तिवरुपमा चलिरहेको छ ।कात्तिक २९ गते लोकतान्त्रिक वाम गठवन्धन निर्वाचन परिचालन समिति रोल्पाको जिल्ला स्तरीय चुनावी सभालाई सम्वोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड होलेरी जाने भएका छन् ।
सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने भएका छन । विगतमा द्वन्द्वको किल्ला रहेको रोल्पा अब शान्तिको किल्ला बन्दै गएको कुरालाई आश्वस्त पार्न देउवा र प्रचण्ड होलेरी जान लागेको बताइएको छ ।
दश वर्षे सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा माओवादीले होलेरी चौकी २ पटक आक्रमण गरेको थियो । होलेरी चौकी आक्रमण हुँदा देउवा गृहमन्त्री थिए भने दाहाल तत्कालीन विद्रोही माओवादीको महामन्त्री थिए । उक्त आक्रमण माओवादी नेता वर्षमान पुनको नेतृत्वमा भएको थियो ।
एक निर्वाचन क्षेत्र रहेको रोल्पाबाट प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन तथा प्रदेश सभा १ सोही पार्टीका जोखवहादुर महरा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धामा उत्रिएका छन ।
पुन दोस्रो पटक रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा आफ्नै पूर्व सहकर्मीलाई प्रतिस्पर्धीको रूपमा पाएका छन् । जित दोहो¥याउने उनको चाहनामा कुनै बाधा छ भने एमालेका उम्मेदवार बनेका माओवादीकै पूर्व लडाकू पूर्ण बुढा हुन् । माओवादी सशस्त्र युद्धको उद्गमथलो रोल्पामा यस पटक नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार पनि पूर्व माओवादी नै छन् । नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण खारेज भएपछि रामबहादुर थापा बादलसँगै एमालेमै रहेका नेता बुढा यसपटक एमालेबाट उम्मेदवार बनेका हुन् ।
सशस्त्र युद्धका क्रममा वर्षमान पुन मातहतमा धेरै फौजी आक्रमणमा सहभागी भएका बुढा यसपटक पुन विरुद्ध नै चुनावी मैदानमा उत्रिएकाले रोल्पाको प्रतिस्पर्धालाई रोचक मानिएको छ । प्रदेशसभा २ निवर्तमान प्रदेश सभा सदस्य तथा माओवादी नेता दीपेन्द्र पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । माओवादीले उम्मेदवारी फिर्ता लिन भने पनि उनले मानेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार