काठमाडौं ९ मा नयाँ र पुराना नेताबीच कडा प्रतिस्पर्धा, श्रेष्ठलाई धमला र पाण्डे चुनौती
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार १८:४०:८
♦ सचिना बानियाँ
२७ कात्तिक, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । चुनाव नजिकिँदै गर्दा उम्मेदवार मत माग्न रातदिन खटिएका छन् । काठमाडौं क्षेत्र नं ९ मा नयाँ र पुराना नेता चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेकपा ‘एमाले’बाट विसं २०७४ निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिस्पर्धामा छन । त्यस्तै सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा ‘माओवादी केन्द्र’की कल्पना धमला हुन् । उनीहरू दुई जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
विसं २०७४ निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार एमालेका श्रेष्ठले कांग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जितलाई आठ हजार ५० मतले मतान्तरले पराजित गरेका थिए । उनले तत्कालीन समयमा २२ हजार आठ सय ५२ मत प्राप्त गरेका थिए । त्यतिबेला विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका थिए ।
अर्थशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठलाई गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामले विरासत जोगाउन हम्मेहम्मे देखिन्छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेसले आठ वडा र एमालेले छ वडामा विजय हासिल भएको छ । एमालेका वडाध्यक्षले पाएको मतभन्दा कांग्रेस छ सय ३४ मतान्तरले अगाडि छ ।
कांग्रेस र नेकपा ‘एकीकृत समाजवादी’ले माओवादीका धमलालाई समर्थन गरेको छ । कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत जोड्दा कुल २१ हजार ७६ हुन्छ । विसं २०७४ को निर्वाचनमा चार हजार नौ सय ४६ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेका विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डे पनि श्रेष्ठका लागि तगारो बन्न सक्छन ।
अग्रगमनको पक्षमा संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासन राजनीतिक मुख्य एजेण्डा लिएर कल्पना धमला मैदानमा उत्रिएकी छिन । संविधानमा उल्लेखित नागरिकका मौलिक हकलाई कानुन बनाएर कार्यान्वयन गर्ने उनले प्रतिबद्धता गरेकी छिन । गठबन्धन दलहरूको परम्परागत मत तान्न नसके माओवादी केन्द्रकी धमलालाई विजयी गाह्रो हुने देखिन्छ ।
यसरी २०४८ देखि निरन्तर चुनावी मैदानमा रहेका श्रेष्ठसामू यसपटक गठबन्धन र साझा पार्टीका उम्मेदवार प्रतिस्पर्धीका रूपमा देखिएका छन् । यो क्षेत्रमा मतदातामाझ बलियो देखिएको कांग्रेसका उम्मेदवार भने मैदानमा छैनन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने यो क्षेत्रमा एमालेभन्दा अगाडि कांग्रेसको मत छ । त्यो पनि झिनो । तर प्रतिस्पर्धामा रहेको पार्टी कांग्रेसले भने स्थानीय तह निर्वाचनको मत हेर्दा कतै देखा नपर्ने माओवादीलाई अगाडि सारेको छ ।
गठबन्धनबाट उम्मेदवार बनेकी धमला छिमेकी जिल्ला धादिङकी हुन् । उनको संसदीय यात्रा धादिङबाट भएको थियो । पहिलो संविधानसभा निर्वाचन २०६४ मा उनी धादिङ २ बाट संसद् प्रवेश गरेकी थिइन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विज्ञान तथा प्रविधिमन्त्री रहिसकेकी धमला कांग्रेस र धादिङबाट काठमाडौं- ९ मा बसाइ सरेका मतदातामा भर परेकी छन् ।
एमालेका श्रेष्ठले यसअघिको कार्यकालमा बाँकी सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका अपूरा योजना नयाँ कार्यकालमा पूरा गर्ने मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएका छन । उनले राजनीतिमा युवालाई आकर्षण गर्न आगामी संसदीय र निर्वाचनको प्रक्रियामा सहभागी नहुने बताउँदै आएका छन् ।
साझा पार्टी नेपालबाट उम्मदेवारी दिएका मिलन पाण्डेले शिक्षकलाई सांसदलाई भन्दा बढी तलब दिनुपर्ने माग उठाउँदै आएका छन। मर्यादाक्रममा शिक्षकलाई ‘मानार्थ’रूपमा सांसदकै तहमा राख्नुपर्नेमा उनको जोड छ । प्रधानाध्यापकलाई मन्त्रीसरह तलव–सुविधा र ‘मानार्थ’रूपमा मर्यादाक्रममा मन्त्रीसरह राख्ने उनको प्रमुख एजेण्डा छ ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नं ९ मा १४ वटा वडा पर्छन् । काठमाडौं महानगरका १२, १४, २१, २२, चन्द्रागिरि नगरपालिकाका १, १२, १३, १४, १५, नार्गाजुन नगरपालिकाका ६, ७, ८, ९, १० वडा यस क्षेत्रभित्र पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौंका दुई, चन्द्रागिरिका तीन र नागार्जुनका तीन वडामा विजय हासिल गरेको छ । एमालेले काठमाडौंका दुई, चन्द्रागिरिका दुई र नागार्जुनका दुई वडामा विजय प्राप्त गरेको छ ।
गत स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेसका वडाध्यक्षहरुले १९ हजार नौ सय १६ मत प्राप्त गरेका छन् भने एमालेका वडाध्यक्षले १९ हजार दुई सय ८२ मत ल्याएका छन् । त्यस्तैगरी माओवादी केन्द्रका वडाध्यक्षहरुले छ सय ९५ मत प्राप्त गर्दा नेकपा ‘एकीकृत समाजवादी’ले चार सय ६५ मत प्राप्त गरेको छ ।
काठमाडौं ९ मा १२ दलगत उम्मेदवार र १० स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी रहेको छ । श्रेष्ठ, धमला, पाण्डेसहित राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेल, कांग्रेस विपीबाट रमेश थापा, राप्रपाबाट देवेन्द्र प्रधान, जसपाबाट शर्मिला सुवाल ‘डङ्गोल’लगायतको प्रतिस्पर्धा हुने देखिन्छ ।
सो क्षेत्रमा न्यूरोड, सङ्कटा मन्दिर, भोटेबहाल, लगनटोल, यंगाल, ब्रम्हटोल, जैशीदेवल, टेकु, कुलेश्वर, रविभवन, बल्खु, कलङ्की, स्युच्टार, एलआरआइ स्कुल, खड्कागाउँ, नयाँ नैकाप, पुरानो नैकाप, तीनथाना, सतुङ्गल ‘थोरै भाग’, बलम्बु ‘थोरै भाग’, दहचोक, भीमढुङ्गा, रामकोट, डाडापौवा, हसन्टारलगायत प्रमुख स्थान पर्छन् ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नं ९ मा ७२ हजार एक सय ७३ मतदाताले मतदान गर्न ८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने ३४ मतदानस्थल तोकिएको छ । कुल मतदातामध्ये ३५ हजार ५८ पुरुष र ३७ हजार एक सय १४ महिला छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’
मंसिर २७, २०८१ बिहिबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार