तडक भडक नभएर निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन : आयोग
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार १९:३७:२६
२७ कात्तिक, काठमाडौं । देशभर हिउँदे चिसो बढेसँगै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ ।
निर्वाचनको प्रचारप्रसारमा तडक भडक नभएर अन्त्यन्त शालिन ढङ्गले अघि बढिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । यसअघिका निर्वाचनका तुलनामा यस पटक आचारसंहिताको पालनामा सुधार भई तुल ब्यानर, पोष्टर, पम्प्लेट र भित्ते लेखनबाट सहर कुरुप हुनबाट जोगिएको छ । “राजनीतिक दलले निर्वाचमा धेरै खर्च भयो प्रचारप्रसारको समय र खर्च कम गर्ने व्यवस्था गर्न भनेपछि आचारसंहितामा त्यो व्यवस्था गरिएको हो”, उनले भने, “अहिले ध्वजापतका, पम्प्लेट, ब्यानर, माइक, आमसभाजस्ता विषय कम भए पनि निर्वाचन सबै मतदाताको मन मस्तिष्कमा छ, माहौल नभएको भन्न मिल्दैन, सहरको सुन्दरता पनि त कायम छ ।”
सञ्चार माध्यममा विज्ञापन, राजनीतिक दल र उम्मेदवारका कार्यक्रम, समाचार र अरु निर्वाचनसम्बन्धी सामग्रीले पनि निर्वाचनको महौल बनिरहेको छ । पछिल्ला निर्वाचनमा मतदाता र उम्मेदवार दुवै परिपक्क हुँदै गएकाले निर्वाचनको शालीन हुन पुगेको हो । प्रतिनिधिसभा सदस्य दुई सय ७५ र प्रदेशसभा सदस्य पाँच सय ५० सिटका लागि हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।
नेकपा ‘एमाले’ का नेता सुवास नेम्वाङले राजनीतिक दल, उम्मेदवार, मतदाता र लोकतन्त्र जति परिपक्क हुँदै जान्छ त्यति नै चुनाव शालिनरुपमा अघि बढदै जाने बताए । उनले भने, “दल र निर्वाचन आयोगबीच छलफल गरेर मितव्ययी बनाउन चुनाव प्रचारप्रसारको प्रक्रिया र शैलीमा आमूलपरिवर्तन गरिएको छ । निर्वाचनप्रति जनता परिपक्क, उत्साह र जागरुक छन् । हामीले जे सोचेका थियौँ, त्यही भइरहेकोछ, म यसबाट खुसी छु ।”
पहिलाका चुनावमा तुल व्यानरले बजार र गाँउ छपक्कै हुने मात्र नभई मतदाता पनि विभिन्न दल विशेषका चुनाव चिह्न अंकित पोशाकले पहिरिएको देखिन्थ्यो । त्यसमा उम्मेदवारको खर्च धेरै हुन्थ्यो । यस पटकको निर्वाचनलाई मितव्ययी बनाउने उद्देश्यले आयोग र दलले चुनाव प्रचारप्रसारका सबैमा प्रक्रियामा आमूल परिवर्तन गरेका हुन् । आमसभा र घरदैलो समेत यसपटक १५ दिनमा सीमित गरिएकाले पनि पहिले जस्तो प्रचार भएन जनता निराश भएकी भन्ने कोणबाट टिप्पणी गरिए तापनि त्यो बुझाइ सही नभएको भनाइ छ ।
उम्मेदवार समक्ष मतदाताले अझै पनि खोइ त बाटो भनी जानेर वा नजानेर बिभिन्न माग र प्रश्न तेस्याइरहेका पूर्वसभामुख नेम्वाङ बताउछन। जनता अहिले पनि निर्वाचनप्रति पहिलेकै जस्तै उत्सुक रही उम्मेदवार समक्ष यस्तो काम हुन प¥यो भनेर माग गर्ने गरेको त्यसको टिपोट गर्दै प्रतिबद्धता जाहेर गर्ने गरेको पाइएको छ । तीस वर्षसम्म तपाईले के के काम गरे त भनी प्रश्न गर्दै जनताले विधायकसँग अहिले पनि कुलो, सडक, धारा÷पँधेरोका मुद्दालाई नै उठाउँदै आइरहेका देखिएको छ ।
नेपाली कांग्रेसका नेत्री पुष्पा भूषालले जिल्लाको भूगोलअनुरुप प्रचारप्रसारको समय अत्यन्त काम भएको र ठूला कार्यक्रम भन्दा घरदैलोलाई नै प्राथमिकतामा दिएका कारण निर्वाचनको वातावरण नदेखिएजस्ता भए पनि निर्वाचनप्रति जनताको उत्साह निकै राम्रो रहेको प्रतिक्र्रिया दिए । उनले भने, “हामी आफै जनताको घर दैलोमा गएकाले तडकभडक यस पटक छैन, जनतामा उत्साह भने ठूलो छ ।” लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले निर्वाचनमा मतदान गर्नका लागि जनता अत्यन्त उत्साही रहेको आफूले पाएको बताए ।
उनले भने, “निष्ठाको राजनीतिका लागि चुनाव कम खर्चिलो हुनुपर्छ भन्ने मान्यताका आधारमा चुनाव प्रचारप्रसारको गतिविधि अघि बढेकोछ, कानुन निर्माण गर्ने दायित्व भए पनि जनताले हामीसँग मलखाद, सिँचाइ, सडक, बिउबीजन, खानेपानी, वैदेशिक रोजगारीलगायत सामाजिक मुद्दा उठाइरहेका छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार