तेह्रथुमको प्रदेशसभा (क)मा सुब्बा र दुलाल नयाँ अनुहार, जित निकाल्न स्वतन्त्रकै भर
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २०:१७:२१
२७ कात्तिक, तेह्रथुम । आगामी ४ मंसिरमा हुने निर्वाचनमा तेह्रथुमको प्रदेशसभा (क)मा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका युवा नेता सन्तोष सुब्बा र एमालेको तर्फबाट किशोरचन्द्र दुलाल प्रतिस्पर्धा गर्दैछन् । सुब्बा र दुलाल दुवै प्रदेसभामा नयाँ अनुहार हुन् । ६५ वर्षका दुलाल र ४४ वर्षका सुब्बा बुबाछोराको फरक उमेर बीच प्रतिस्पर्धामा आएका छन् ।
२०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका लक्ष्मण तिवारीले जितेका थिए । एमालेबाट तिवारीले टिकटको दावी गरेपनि यसपटक भने पाएनन् । तिवारीको विकल्पको यसपटक भने दुलाललाई उम्मेदवार बनाएर एमाले चुनावी मैदानमा होमिएको छ । गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसले साथ दिएको छ । दुई नगरपालिका र एक मात्रै गाउँपालिका रहेको यस प्रदेशसभामा हालै सम्पन्न स्थानीय निर्वाचनमा एक मात्रै नगरपालिका कांग्रेसले जितेको छ ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले छथर गाउँपालिका प्रमुखमा ३९ सय १५, लालीगुराँस नगरपालिकामा ३३ सय ४४ र म्याङलुङ नगरपालिकामा ५१ सय १७ मत पाएको थियो । गठबन्धनले छथर गाउँपालिकामा ३३ सय ६,लालीगुराँस नगरपालिकामा ५१ सय ३९ र म्याङलुङ नगरपालिकामा ४४ सय ७८ मत पाएको थियो ।
छथर र म्याङलुङमा गठबन्धन गरे पनि लालीगुराँस नगरपालिकामा माओवादी केन्द्र गठबन्धन नगरी चुनाव लड्दा १५८ मत प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा आएको मत परिणाम हेर्दा एमाले सँग १२ हजार ३७६ मत भने गठबन्धन सँग १३ हजार ८१ मत रहेको छ । एक नगरपालिका र एक गाउँपालिका जितेको एमाले ७०५ मतले यस क्षेत्रमा कमि छ । स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा तेह्रथुमको प्रदेशसभा (क)मा दुलाललाई जितको लागि चुनौती देखिएको छ ।
सुब्बालाई समर्थन गर्दै जनता समाजवादी पार्टीका प्रदेशसभा उम्मेदवार सूर्य मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय परी साथ दिएका छन् । समृद्ध तेह्रथुमको विकास गर्न आफू चुनावी मैदानमा आएको सुब्बाले बताए । ‘‘तेह्रथुमको विकासको निम्ति हामी रणनीतिक, योजना र मनोवैज्ञानिक रुपमा पनि तयार छौं । हाम्रो उर्जाशील समय तेह्रथुमको विकास गर्न साथ दिनुस् । तपाईंहरुले दिएको साथलाई हामी धोका दिने छैनौ,’ उनले भने ।
शिक्षाको समस्यालाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू ईमान्दर युवा सिपयुक्त र स्वास्थ्य सेवामा प्रतिवद्ध रहने दुलालले बताए । ‘हिजो एमालेको नेतृत्वमा भएका विकास निर्माणका योजनाहरुलाई फेरि पनी निरन्तरता दिनेछु । पर्यटकीय स्थलहरु, प्रदेशसभा (क) मा रहेका सडकहरुको स्तरोन्नतिमा लाग्नेछु । मेरो इमान्दारी मेरो लगनशीताका कारण मैले जनताको मत पाउनेछु भन्ने विश्वास छ,’ उनले भने ।
तेह्रथुमको प्रदेशसभा (क)मा मुख्य प्रतिस्पधी दलको रुपमा नेकपा एमाले र सत्ता गठबन्धन दल रहेका छन् । यसमा प्रदेशसभामा एक स्वतन्त्रसहित ८ जना चुनावी मैदानमा रहेका छन । जित निकालन दुवै उम्मेदवारलाई अहिले स्वतन्त्र तर्फका उम्मेदवारकै भर देखिन्छ । यसाे त अहिले स्वतन्त्र उम्मेदवार फकाउने ध्यान्नमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार