प्रचण्डलाई ‘गाली’ गर्ने जेलमा, पुडासैनीलाई मर्न ’बाध्य पार्ने’ रबि चाहिं घरमा !
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २१:१७:१३
♦ अनुसा थापा / भक्तपुर
केही दिनअघि सुर्खेतमा भएको चुनावी सभामा नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहालमाथि जुत्ता प्रहार भएको घटना निकै चर्चामा आयो । तर, उनको सचिवालयले जुत्ता प्रहार नभएको भन्दै त्यसको खण्डनसमेत गरेको थियो । प्रचण्डमाथि जुत्ता प्रहार नभएपनि भनेर सचिवालयले नकार्दानकार्दै पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
ती अभियुक्तमाथि अनुसन्धान अघि बढाइएको छ । अभद्र मुद्दा लगाएर उनलाई जेल चलान गर्ने तयारी थालिएको छ । एउटा निर्दोष सर्वसाधारणलाई मुख छोडेकै भरमा मुद्दा चलाएर जेल कोच्ने । उता, अर्का अभियुक्त रवि लामिछाने भने खुलेआम डुलिरहेका छन् ।
पत्रकार शालिग्राम पुडासैनीले आत्महत्या गर्नुअघि चिच्चाईचिच्याई अभियुक्तको नाम खुलाउँदा पनि सरकारले उनलाई छोड्यो । प्रचण्डमाथि न हातपात भएको हो न उनलाई कुन चोटपटक नै लागेको छ । तर, पुडासैनीले लामिछानेको कारण आफ्नो ज्यान फालेका छन् । प्रमाण हुँदाहुँदै पनि सरकारले लामिछानेलाई कारबाही गर्न सकेन् । आफ्नो क्षेत्रमा विकास नभएपछि, रोजगारी नपाएपछि जनताले नेतामाथि आरोप लगाउनु र दुई वचन सुनाउनु स्वाभाविकै पनि हो । तर, त्यति सानो कसूरमा उनलाई जेल नै लगेर कोच्नुचाँहि सरकारको लाचारितापनको प्रमाण हो ।
किन कि पैसा हुनेले यहाँ जे गर्दा पनि हुने रहेछ । कानून किन्न सक्ने रहेछन् भन्ने त लामिछाने प्रकरणबाट स्पष्ट भएको छ । होइन् भने कुनै नेतालाई गाली गरेको भरमा सजाय दिनसक्ने सरकारले मान्छे मर्न बाध्य बनाउनलाई किन खुल्ला छोड्यो ? कानून पनि पैसा हुने र नहुनेलाई फरकफरक छ । नेपाल प्रहरी अरु केही गर्न सक्दैन्, निर्दोष सर्वसाधारणलाई समातेर के के न गरे भनेर देखाउन खोज्छ । हिजो चितवनमा गएर झुण्डिएर मर्ने पनि नेपाली नागरिक थिए । तर, ऊ मर्यो, सकियो । न उसको आत्माले शान्ति पायो, न उसको परिवारले न्याय । कोही मर्दा देशको कानूनलाई केही फरक परेन् तर कसैलाई गाली गरेकै आरोपमा ऊमाथि मुद्दा चलाइएको छ । प्रचण्ड मात्र नेपाली हुन् ? पुडासैनी होइनन् ? प्रचण्डलाई गाली गर्ने चाहिं आज हिरासतको हावा खाइरहेको छ ।
लामिछाने चाहिं नेता बनेर खुलेआम जनता घरघरमा पुगिरहेका छन् । नेताले राम्रो काम गरेको भए, जनताले सुःख, सुविधा पाएका भए, कसले गाली गर्थ्याे ? यहाँ त जो चोर उसैको ठूलो स्वरजस्तै भएको छ । देशको कानूनले गरिब जनतालाई नचिन्दाेरहेछ भनेर यहीबाट स्पष्ट भएको छ । निर्दोष जनतालाई जेल हाल्ने, दोषीलाई छोड्ने । यसको जवाफ अब प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले दिनुपर्छ । बाटो हिँडिरहेका जनतालाई प्रहरीले समातेर बिना कसूर हिरासतमा राखेको छ । आफ्नो बाटो हिँडेकालाई समात्दै मुद्दा चलाएर थुन्ने काम भएको छ । अदालत र प्रहरी प्रशासनका कारण कति निर्दोष जनता पुर्पक्षमा जेलमा छन् । धरौटी तिर्ने पैसा नभएर जेल जीवन बिताइरहेका छन् । कानून व्यवसायीलाई दिने पैसा नहुदाँ उनीहरु जेलबाट निस्किने बाटो बन्द भएको छ ।
निर्दोष जनता समात्न सक्ने प्रहरी प्रशासनले लामिछानेलाई किन कानूनको दायरामा ल्याउन सकेन् ? पुडासैनीले मर्नुअघि एउटा प्रमाण छोडेर गएका छन् । उक्त भिडियो त सरकारको लागि एउटा प्रमाण हो । त्यसलाई आधार मानेर सरकारले अनुसन्धान अघि बढाउनुपर्ने हो । पूरा दूनिँयाले देखेको र सुनेको भिडियो अदालत र प्रहरी प्रशासनको हातमा परेन् ? कि परेर पनि अनदेखा गरियो ? त्यत्रो भिडियोलाई सरकारले प्रमाण ठानेन् भने एउटा जनतालाई गाली गरेकै भरमा मुद्दा चलाउन मिल्छ ? पुडासैनी मरे गए, देशले एउटा सूचनाको वाहक गुमायो । उनको रुँदै कराउँदै गरेको भिडियोलाई न्यायालयले प्रमाण मान्नबाट नकार्यो । तर, नेतालाई दुई वचन बोलेको भरमा एउटा नागरिकले सजाय खेपिरहेको छ । याे विषयले नेपालको अदालत र प्रहरी-प्रशासनलाई त लाज लाग्नुपर्ने होइन र ?
नेपालको प्रहरी अरु त केही गर्न सक्दैन् अनि निर्दोष जनतालाई समातेर के के न गरे जस्तो देखाउँछ । ठूलाबडालाई थुन्ने जेल छैन् ? सर्वसाधारण थुन्न मात्र प्रहरी प्रशासन बसेको हो ? अदालतले पनि सर्वसाधारणलाई पनि सजाय दिइरहने ? देशका ठूलाबडाले जे गरेपनि हुने तर सानाले बोल्यो भने पनि जेलको हावा खानुपर्ने । कि ‘नेपालको कानून, दैवले जानून्’ भनेजस्तै हाे ?
प्रचण्डलाई गाली गरेको भरमा पक्राउ परेका सर्वसाधारणलाई गृहमन्त्री खाणले तत्काललाई तत्काल छोड्नुपर्छ । यदि उनलाई नछोड्ने हो भने तुरुन्तै पदमुक्त हुनुपर्छ । कसैलाई आत्महत्या गर्न दबाब दिनुलाई सरकारले सामान्य विषय बनाएको छ । सरकारले लामिछानेलाई समातेर फेरि पनि छानबिन अघि बढाउनुपर्छ । पुडासैनीको परिवारलाई न्याय दिलाउनका लागि सञ्चारकर्मीहरुले पहल गरिदिनुपर्छ ।
त्यो भिडियो एकचोटि फेरि पनि बाहिर ल्याउनुपर्छ । कि भिडियो नै गायब पारिएको हो ? राजनीतिक पार्टी खोलेर लामिछाने यतिखेर जनताको घरमा भोट माग्न हिँडेका छन् । उनको कर्तुत एकचोटि पनि जनतामाझ आउनुपर्छ । कुन नेताले के गरेका छन् ? विगतमा उसले गरेका कर्तुतबारे जनतालाई ज्ञान हुनुपर्छ । चितवनका घटना धेरै जनताले बिर्सिसकेका होलान् । जनताले मत दिनुअघि उसको विगत र वर्तमान सबै थाहा पाउनुपर्छ । आफूले चुन्न लागेको उम्मेदवारको हरेक कुराको ज्ञान मतदातालाई हुनुपर्छ । किन कि भोलि त्यो उम्मेदवार कानून बनाउने ठाँउमा जान्छ । गलत उम्मेदवार पर्यो भने देशलाई ठूलो नोक्सानी हुन्छ । लामिछानेले गरेको कर्तुत् बिर्सिएर जनताले उनलाई मत हाल्लान् । तर, आफ्नो छोरा गुमाएको परिवारको हालत के होला ?
पुडासैनीको परिवारमाथि जुन बज्रपात आयो त्यो अन्य परिवारमा नआँउला भन्न सकिन्न । आज पनि ती बाबुआमाको मन पिरोलिएको थियो । लामिछानेको अनुहार देख्दा आँशु बग्छ होला । किनकि ती अभिभावकले आफ्नो बुढेसकालको साहारा गुमाएका छन् । गल्ती गर्नेले सजाय पाउनुपर्छ, उपहार होइन् । इतिहासदेखि नै हेर्दै आउने हो भने नेपालको कानूनमा ठुलो भेदभाव छ । कानूनले पनि धनी र गरिबलाई छुट्याउँछ । प्रहरी प्रशासन र अदालत पैसामा बिकेको छ । पैसामा बिक्ने, पावर र पहुँच हुनेको अगाडि झुक्ने । यो कुरा त भुरादेखि बुढासम्मलाई थाहा छ । देशमा विकास चाहियो भनेर आवाज उठाउनेलाई लगेर कोच्छ । मान्छे मर्न बाध्य बनाउनेलाई चाहिं छोड्छ ।
प्रचण्ड भोट माग्नका लागि गोरखा पुगेका छन् । जनताले भोट दिएनन् भने त उनी देश चलाउने ठाँउमा पुग्दैनन् । जनताले तिरेको कर खानका लागि र सेवासुविधा लिनका लागि उनले आज जनताको घरघरमा पुगिरहेका छन् । तर, त्यही जनताको सम्मान गर्न सकेनन् । नेता हुनका लागि धैर्यता हुनुपर्छ, नैतिकता चाहिन्छ । नेता बनेपछि गाली मात्र होइन्, थप्पड पनि खानुपर्छ । राम्रो काम गर्ने नेतालाई फूलको माला लगाउँछन् नत्र जुत्ताको माला लगाउँछन् । नेताको नाममा जनताले थुक्छन्, गालीगलौज गर्छन् । त्यो अधिकार जनतासँग छ । नेता भइसकेपछि सहन सक्नुपर्छ । नेता भनेको जमिनजस्तै हो । जमिनलाई जसरी जति खनेपनि दुख्दैन्, नेता पनि त्यस्तै हुनुपर्छ । प्रचण्डलाई गाली गर्नु भनेको देशभरको जनताको आवाज उठाउनु हो । प्रचण्डलाई देशको अवस्था देखाउने व्यक्ति साहसी हुन् ।
प्रहरी प्रशासनले ती व्यक्तिलाई समात्न खोजेपनि प्रचण्डले रोक्नुपर्थ्याे । राष्ट्रिय नेता भएर जनतालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने थाहा नभएकोलाई जनताले के आधारमा भोट दिने ? गृहमन्त्री बालकृष्ण खाणसंग नैतिकता छ भने प्रहरीले समातेको व्यक्तिलाई तुरुन्त छोड्नुपर्छ । ती व्यक्ति निक्लिएनन् भने गोरखाका जनता प्रचण्डविरुद्ध सडकमा ओइरिन्छन् । नेता जनताको साझा हुन्, उनीहरुलाई गाली गर्ने अधिकार जनतासंग छ । होइन् भने, देशभरका जनताले नेतालाई गाली गर्छन् । सबैलाई लगेर जेल हाल । गृहमन्त्री खाणले सुर्खेतका सिडियोलाई भनेर तत्काल छोड्न निर्देशन दिनुपर्छ । यसअघि पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले एक जना सेक्युरिटी गार्डलाई लगाएर थुनाएका थिए । तर, गृहमन्त्री खाणले काठमाडौंका सिडियोलाई भनेर तत्काल ती व्यक्तिलाई निकालेका थिए ।
नेता र पहुँच हुने जनतालाई मार्दै र थुनाउँदै जाने हो भने जनताको बाँच्ने अधिकार कसरी सरक्षण हुन्छ ? संविधानले दिएको स्वतन्त्रताको अधिकार कसरी उपयोग गर्ने ? जनताको सुरक्षा गर्नका लागि प्रहरी प्रशासन बसेको हो, नाकि तिनलाई दुःख दिन । नेता र सरकारी कर्मचारी जनताका सेवक हुन् । जनतालाई थिचोमिचो गर्न पाउने अधिकार उनीहरुसँग छ । प्रचण्डले उसलाई समात्नुको साटो जनता भनेर छाडिदिएको भए उनी हिरो हुन्थे । जनताको कुरालाई नेताले मनन गर्नुपर्छ । तर, उनीसँग यति पनि विवेक छैन् । यस्ता व्यक्तिले के देशको विकास गर्लान् ? कस्ता ऐन, कानून बनाउलान् ? सरकार चलाउन त धेरै गाह्राे छ । तीन करोड नेपालीको अभिभावक बन्न सक्छन् ? प्रचण्डलाई गाली गर्ने जतिलाई समातेर थुन्न सक्ने जेल छ ? प्रचण्डले घटनामा जनतासँग माफी माग्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार