धनुषा १ : गठबन्धन र एमाले-जसपाबीच मुख्य प्रतिस्पर्धा, यादवलाई कांग्रेसको बलियाे साथ
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २१:३७:२८
२७ कात्तिक, धनुषा। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धनुषाको क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद यादव र एमाले–जसपा गठबन्धनबाट जसपाका दीपक कार्कीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै जना २०७४ सालको चुनावमा पनि मुख्य प्रतिस्पर्धी रहेका थिए ।
त्यति बेला यस क्षेत्रबाट यादव निर्वाचित भएका थिए । उनी अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएर २६ हजार चार सय १८ मत ल्याएर निर्वाचित भएका थिए । निकटम प्रतिद्वन्द्वी तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कार्कीले १७ हजार दुई सय ९६ मत ल्याएर दोस्रो भएका थिए । नेपाली कांग्रेसका आनन्दप्रसाद ढङ्गाना १५ हजार छ सय ७९ मत ल्याएर तेस्रो भएका थिए ।
अघिल्लो निर्वाचनमा एमालेको साथ पाएका यादवले यसपालि कांग्रेसको साथ पाएका छन् । जसपाका उम्मेदवार कार्कीलाई एमालेको साथ छ । यसपाली यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धामा सिके राउत नेतृत्वको जनमत पार्टीबाट किशोरी साह थपिएकाे छ । उनी यसै क्षेत्रको प्रदेशसभा ‘क’ बाट प्रत्यक्ष निर्वाचित निवर्तमान सदस्य हुन । एमाले–जसपाले गरेको चुनावी तालमेलमा किशोरी निर्वाचित भएको क्षेत्र जसपाको भागमा परेपछि असन्तुष्ट भएर जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका हुन् ।
यस्तो छ चुनावी अंक गणित
धनुषा १ मा सत्तागठबन्धनका मातृका यादव, विपक्षी गठबन्धनका दीपक कार्कीसहित जनमत पार्टीका किशोरी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’का मनोज मल्ल ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लक्ष्मण महतो सुडी, नेपाल सद्भावना पार्टीबाट राजदेव महतो, सामाजिक एकता पार्टीका केशर मुखिया, नेपाल स्वतन्त्र पार्टीका धर्मेन्द्रकुमार रायलगायत २५ उम्मेदवार छन् । यीमध्ये किशोरी साह उम्मेदवारी दर्ताको दिन एमाले छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेका हुन् । अघिल्लो पटक उहाँ धनुषा–१ (क)बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।
धनुषा निर्वाचन क्षेत्र १ मा ७ वटा स्थानीय तह छन् । यो क्षेत्रमा सबैला, गणेशमान चारनाथ र धनुषाधाम नगरपालिका पूर्णरूपमा पर्छन् । हंसपुर नगरपालिकाका २, ३, ५, ७ र ८ वडा, मिथिला विहारी नगरपालिकाका १, ३, ४ र ५ वडा, क्षीरेश्वरनाथ नगरपालिकाका ८ र ९ वडा तथा मिथिला नगरपालिकाको ४ नं वडा गरी ४५ वडा यो निर्वाचन क्षेत्रमा पर्छन् ।
गत वैशाखको स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको गणेशमान चारनाथ नगरपालिका–११ वटा, धनुषाधाम नगरपालिका-९ वटा, हंसपुर नगरपालिका–५ वटा, मिथिला बिहारी नगरपालिका-४ वटा र मिथिला नगरपालिका–१ वटा वडा पर्छ । त्यस्तै माओवादी केन्द्रले जितेको सबैला नगरपालिका-१३ वटा र एमालेले जितेको क्षीरेश्वरनाथ नगरपालिकाको एउटा वडा पर्छ ।
स्थानीय तहमा निर्वाचित वडाध्यक्षका उम्मेदवारले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसले १७ हजार पाँच सय ५०, एमालेले १५ हजार आठ सय १७, माओवादी केन्द्रले १२ हजार दुई सय ९२ र जसपाले नौ हजार १० मत पाएको थियो ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’ले छ हजार छ सय २४, राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले चार हजार ९३०, जनमत पार्टीले तीन हजार तीन सय २० र नेकपा ‘एकीकृत समाजवादी’ले दुई हजार नौ सय ३७ पाएको थियो । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारले तीन हजार तीन सय २४ मत पाएका थिए । पाँच दलीय सत्ता गठबन्धनका वडाअध्यक्षले पाएको मत जोड्दा ३९ हजार चार सय तीन हुन्छ भने एमाले र जसपा गठबन्धनको मत २४ हजार हुन जान्छ । एमालेकी किशोरी साह विद्रोह गरेर जनमत पार्टीको उम्मेदवार बनेका छन । त्यसको चुनावी असर भने एमालेलाई नभएर कार्कीलाई पर्ने देखिन्छ ।
यी तथ्यहरूले धनुषा १ मा कार्कीले बढी मेहनत गर्नुपर्ने देखिन्छ । समाजसेवामा सक्रिय रहेकाले चुनाव आफूले जित्ने कार्कीको दाबी छ । दल बदलेर प्रदेशबाट प्रतिनिधिसभामा फड्को मार्ने आकांक्षा राखेका साह आफू विजयी हुने दाबी गर्छन ।
“एमालेमा छँदा पार्टीको मतदाताभन्दा धेरै मत मलाई परेको थियो’, उनले भने, “यो मेरो व्यक्तित्व र समाजमा गरेको निस्वार्थ सेवाको कारणले हो ।” अघिल्लो चुनावमा निकटतम प्रतिद्वन्द्वी बनेको तथा यसपटक एमालेको साथले जित्ने दाबी गर्छन जसपा उम्मेदवार कार्की । पाँच दलीय गठबन्धनको उम्मेदवार, पार्टीको बलियो पक्कड र पाँच वर्षमा गरेका विकासका कामले आफू विजयी हुने यादवको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार