घनश्याम भुसालाई मतदाताकाे प्रश्न: तपाईं जितेपछि आउनुहुन्छ कि हुन्न ?’
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २२:२९:१५
२७ कात्तिक, बुटवल । सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल मतदाता भेटघाटमा व्यस्त छन् । एमालेका पूर्वनेता भुसालले मतदाताको घरमा पुगेर सर्वसाधारणलाई आफ्नो एजेन्डाको विषयमा जानकारी गराइरहेका छन् । तर, मतदाताले उनलाई प्रश्नैप्रश्नलले घेरेका छन् ।
आइतबार रोहिणी गाउँपालिकाका भित्री बस्तीमा उनी पुग्दा शिक्षा, स्वास्थ्य र सडकको पहुँच राम्रोसँग पुग्न नसकेको भन्दै मतदाताले गुनासो गरे । भत्केको सडक देखाउँदै स्थानीयहरू मतदाताले छेदि गुप्ताले भुसालसँग् भने, ‘यो बाटोको हालत हेर्नुहोस्, तपाईं जितेर आउनुहुन्छ कि हुन्न ?’
आफूहरू पटक–पटक ठगिएको भन्दै आक्रोशित मुद्रामा देखिएका स्थानीय वृद्ध मतदाता गुलहसन नाउँले पनि भोजपुरी भाषामा आफ्नो गुनासो पोखे । उनले भने, ‘तपाईं यहीँको मान्छे पनि हो, विकास गर्नुहोला, भ्रष्टाचार नगर्नुहोला ।’
स्थानीय अर्की मतदाता सुभावती यादवले भत्किएको बाटोले बारम्बार साईकल पन्चर हुने गरेको गुनासो गरिन् । साइकल समेत राम्ररी चल्न नसक्ने बाटोमा किसानले उत्पादन गरेका तरकारी ढुवानी गर्न निकै कठिन भएको उनले बताइन् ।
मतदाताको गुनासो र सुझाव सुनेपछि भुसालले यस क्षेत्रको विकासका लागि आफूले इमान्दार भएर काम गर्ने र बोलेको कुरा पूरा गरेरै छाड्ने प्रतिवद्धता दोहोर्याए । उनले भने, ‘शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ, सडकका खाल्डाखुल्डीको अवस्था उस्तै छ, यस विषयमा म निकै चिन्तित छु ।’
मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधैँ प्रतिवद्ध रहेको बताए । दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सृजनाको लागि आफू प्रतिवद्ध भएर लाग्ने उनले बताए ।
घनश्याम भुसालले आफ्नो घोषणा पत्रमा समेत २७ वटा सडक विस्तारका योजना उल्लेख गरेका छन् । पूर्वपश्चिम र उत्तरदक्षिण जोड्ने सडक र भित्री सडकको समेत योजना कोरेका भुसालले स्तरीय सडक, खानेपानी, विद्युत तथा निःशुल्क शिक्षा र स्वास्थ्य तथा कृषि एवं उद्योग-व्यापारमा युवाहरूलाई रोजगारीको ग्यारेन्टी गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार