बिरामीको नाटक गरेर चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको उजुरी
नेपालबहस संवाददाता
कात्तिक २७, २०७९ आइतबार २२:४४:५५
२७ कात्तिक, काठमाडौं । चुनाव प्रचारमा हेलिकप्टर प्रयोग गरेको दुइवटा उजुरी निर्वाचन आयोगमा परेको छ । आइतबार निर्वाचन आयोगमा भएको निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी एकीकृत कार्ययोजना, २०७९ माथिको छलफलमा प्रमुख आयुक्त दिनेश थपलियाले चुनावको प्रचार गर्न बिरामी भएको नाटक गरेर हेलिकप्टर प्रयोग गरेको उजुरी आएको बताए ।
‘‘हुँदै नभएको बिरामी लिएर उडेको भन्ने दुई वटा इस्यू आएका छन् । संखुवासभाको केस पनि मनाङको केस पनि यही । यो त गम्भीर भयो । यसमा तुरून्त एक्सनमा जानुपर्छ’ प्रमुख आयुक्त थपलियाले भने ।
उजुरीले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि प्रश्न उठेको उनको भनाइ थियो । उनले आचारसंहिता उल्लंघन सामाजिक सञ्जालबाट धेरै उल्लंघन भएको बताए ।उनले मिथ्या सूचना प्रवाह गरेर अरुको चरित्र हत्या गर्ने, अपमान गर्ने, घृणा फैलाउने गतिविधि नगर्न सचेत गराए । ठूला नेता नै अर्को नेतालाई सत्तोसराप नगरीकन भाषण नै नसिध्याउने प्रवृत्ति बढेको बताउँदै यस किसिमका इस्यूहरु युट्युब, भाइबर, फेसबुकबाट आइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार