तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार ११:३२:३८
आजको पात्रो: आज २८ कार्तिक २०७९, सोमबार । तद्नुसार नोभेम्बर महिनाको १४ तारिक २०२२ । मार्गकृष्ण षष्ठी, गर, करण, पुनर्वसु नक्षत्र, शुभ योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । विहान सूर्योदय ६ः२५ मा र सूर्यास्त ०५ः१२ मा हुनेछ । सोमबारको दिन शिवालय यात्रा फलदायी हुनेछ । विहान ११ः२७ देखि १२ः१० सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा आजको दिन शुभकार्य गर्ने साइत हो । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । विहान सूर्योदयको दर्शन गरेर दिनको कार्य शुभारम्भ गर्नु उत्तम हुनेछ । आजको दिन यात्रा र नयाँ अनुसन्धानात्म कामको लागि दिन शुभ रहेको छ । सवारी साधन खरिद र विक्रीको लागि पनि सोमबार उत्तम छ । आजको दिन आफ्नो आमालाई केही खानेकुरा दिनु भएमा आशीर्वाद प्राप्त हुनेछ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मेष राशीको जातकको लागि आजको दिन लाभदायी हुनेछ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा श्री प्राप्ति हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ त्यसैले ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- वृष राशीका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईलाई शत्रुले समेत सम्मान गर्नेछन् । आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि राम्रो हुनेछ । शिवालयको यात्रा गर्नुहोला ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको दिन तपाईको मनमा अनेक सोच आउने छ । आजको दिन चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गरी दिनको कार्य शुरुवात गर्नुहोला । आज परिवारको साथ सहयोग लिएर गरेको काम सफल हुनेछ । आजको दिन व्रत बस्नु उत्तम हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशीका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- कन्या राशीका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले सोचे अनुसारको काम हुनेछ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । परिवारमा विवाद हुनसक्छ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने तपाईको मनमा उर्जा थपिने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । सामाजिक काममा लाग्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । आज विहान कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दिनुहोला ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- तपाईले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । आज तपाईको सोचअनुसार काम हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन मौन र व्रत गर्नु उत्तम हुनेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- मनमा प्रसन्नता छाउने छ । कुम्भ राशीका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ । अध्ययन अध्यापनको काममा लाग्नुहोला ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- मीन राशीका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ । नयाँ सिर्जनात्मक लेखनको काममा लाग्नुहोला । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । आजको दिन साँझको समयमा शिवालयको दर्शन गर्नुहोला ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार