बझाङका एक शिक्षकलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले
नेपालबहस संवाददाता
कात्तिक २८, २०७९ सोमबार १७:१५:३९
♦ शिवजी मण्डेल
२८ कात्तिक, बझाङ । बझाङका एक शिक्षकलाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘नेकपा’ का कार्यकर्ताले एक कालोमोसो दलेका छन् ।
जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडान ७ स्थित मजखोरी माध्यामिक विद्यालयका शिक्षक जनक बोहरालाई विप्लव कार्यकर्ताले आइतबार कालोमोसो दलेका हुन् ।
आर्थिक अनियमिततामा मुछिएको र आफ्नो आन्दोलनको विरोध गरेको भन्दै कालोमोसो दलेको एक विप्लव कार्यकर्ताले बताए । ‘शिक्षक बोहरा विद्यालयको प्रधानाध्यापक हुँदा ठुलो आर्थिक रकम भ्रष्टाचार गरेको छन् । शैक्षिक गुणस्तर ध्वस्त पारेको छन् । साथै हामीले अहिले देशव्यापी रुपमा चुनावी भण्डाफोर अभियान सञ्चालन गरेका छौँ । उनले हामीले बनाएका ब्यानरहरू च्यात्ने गरेका रहेछन् । त्यसैले हामीले कारबाही गरेका हौँ,’ ती कार्यकर्ताले भने ।
बोहरालाई दुर्व्यवहार गर्ने व्यक्तिको खोजी गर्न घटनास्थलमा अहिले प्रहरी परिचालन गरेको इलाका प्रहरी कार्यालय विसौनाचौरले जानकारी दिएको छ । विद्यालय प्राङ्गणबाहिर बोलाएर बोहरालाइ कालोमोसो दलेर उनीहरू भागेको प्रहरीको भनाइ छ ।
बोहरा विगतमा विद्यालयको प्रधानाध्यापक थिए । आर्थिक अनियमितताको आरोप लागेपछि उनले पदबाट राजिनामा दिएका थिए । बोहोराले विद्यालय भवन निर्माण, पुस्तकालय निर्माण, ल्याव निर्माणमा ठुलो रकम हिनामिना गरेको विप्लव कार्यकर्ताको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार